काठमाडौं । विश्व फुटबलका दुई बलिया टोली फ्रान्स र सेनेगल विश्वकपको समूह चरणमा एकअर्कासँग भिड्न तयार छन्। मंगलबार राति हुने खेलमा फ्रान्स आफ्नो उपाधि यात्राको बलियो सुरुआत गर्न चाहन्छ भने सेनेगल इतिहास दोहोर्याउने लक्ष्यमा हुनेछ।
फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पका लागि यो अन्तिम विश्वकप हो। खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने दुर्लभ उपलब्धि हासिल गरेका डेस्च्याम्पले टोलीलाई पुनः उपाधि दिलाउने लक्ष्य राखेका छन्। फ्रान्सका कप्तान एमबाप्पे दुई गोल थपे राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुग्नेछन्।



सेनेगलका लागि साडियो मानेको पुनरागमन ठूलो राहत बनेको छ। अफ्रिकाका बलिया टोलीमध्ये एक मानिने सेनेगलले पछिल्ला खेलहरूमा सन्तुलित प्रदर्शन गर्दै विश्वकपमा प्रवेश गरेको हो।








