नागरिक अपेक्षा र जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रीया सम्पन्न

पनौती । नागरिक अपेक्षा र जिम्मेवार पत्रकारिता बिषयक अन्तरक्रीया सम्पन्न भएको छ। नेपाल सरकार सुचना तथा सन्चार मन्त्रालयको सहकार्य र सम्पादक समाज काठमाडौको आयोजना भएको हो । पनौती नगरपालिकाको प्रमुख रामशरण भन्डारीको प्रमुख आतिथ्यमा भएको हो।

प्रमुख अतिथी नगरप्रमुख भण्डारीले अहिले समाजिक सन्जालको कारण दिगो बिकास र छापा माध्यम को पत्रकारिताको महत्त्व घट्दै गएको धारणा राखेका थिए। सन्चार माध्यम र पत्रकारिता कमजोर भयो भने ब्यबस्थामा समेत प्रभाब पर्ने बताए ।कार्यक्रममा सम्पादक समाज का मन्त्री श्याकाजी डोटेलले सम्पादक समाजले गरेका गतिविधिको बारे प्रस्टयाउदै पत्रकारितालाई जिम्मेवारी बनाउनु पर्ने बताए ।

नागरिकको अपेक्षा र जिम्मेवारी पत्रकारिताको बिषयमा डाक्टर जगत नेपाल, तोया गौतमले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। नेपाल पत्रकार महासघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट्ले नागरिकको अपेक्षा र जिम्मेवार पत्रकारिताको बिषयमा अहिलेको बर्तमान परिस्थितिको अबस्थाको बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका सचीव राजु सिग्देल , काभ्रे बारका अध्यक्ष रामशरण दाहाल लगायत ले पत्रकारिताको बिषयामा धारणा राखेका थिए । कार्यक्रमा सम्पादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको थियो ।

सम्बन्धित खवर