काभ्रे, बनेपा नगरपालिका ले रासायनिक मल बितरण गर्दा न्याय पुर्ण नभएको गुनासो गरेका छ्न। बनेपा नगरपालिका ले आ.ब.२०८२/२०८३ सहकारी मार्फत मल बिक्रि गर्न कोटा निर्धारण गर्दा सम्बन्धि किसान भन्दा पनि बिभेदपुर्ण अन्याय परेको गुनासो गरेका हुन।




बनेपा नगरपालिका–३,काभ्रे पलान्चोकका हरि शरण दगाल स्थायी बासिन्दा हुन।उनि भन्छन ,बिगत देखि करिब १८–२० रोपनी जग्गामा मकै लगायत विभिन्न कृषि उत्पादन गर्दै आएको किसान हुँ। खेतीपाती नै मेरो परिवारको मुख्य आयस्रोत हो। तर यस वर्ष मलाई मल वितरणमा भएको चरम विभेद, झुट र मनपरीका कारण ठूलो आर्थिक तथा मानसिक तनाब बेहोर्नुपरेको बताए ।
हाम्रो वडाका लागि सहकारीमार्फत युरिया लगायतका रासायनिक मल वितरण गरिन्छ। तर व्यवहारमा मल वितरण कुनै निश्चित मापदण्डका आधारमा नभई व्यक्तिगत पहुँचका आधारमा मल बितरण गरेको छ। जसलाई चाह्यो उसलाई एकै व्यक्तिलाई २–४ बोरासम्म मल दिइयो, तर मलाई भने पटक–पटक अनुरोध गर्दा पनि १ केजी मलसमेत दिइएन।
मैले करिब २–३ महिनासम्म लगभग दैनिकजसो सम्बन्धित व्यक्तिलाई भेटेर मल उपलब्ध गराइदिन अनुरोध गरे तर सुनवाइ भएन। प्रत्येक पटक “अहिले आएको छैन, आएपछि दिन्छु” भन्ने एउटै जवाफ पाइयो। तर पछि मैले मल आएको र अरूलाई बिक्री भइरहेको प्रमाण भेटाएँ। त्यसपछि फेरि मल माग्दा पनि “अहिले पनि आएको छैन” भन्ने झुटो उत्तर दिइयो।
त्यसपछि म आफैं गोदाममा गएर हेर्दा मल मौज्दात रहेको आफ्नै आँखाले देखेँ, र त्यसको भिडियो प्रमाण आज पनि मसँग सुरक्षित छ। जब मैले “मल गोदाममा छ, अनि किन आएको छैन भनेर झुट बोल्नुभयो?” भनेर प्रश्न गरेँ, त्यसपछि मात्र “१० केजी लैजानुस्” भनियो। तर त्यतिबेलासम्म मेरो मकैमा मल हाल्ने उपयुक्त समय नै बितिसकेको थियो। जबकि अन्य व्यक्तिहरूलाई समयमै धेरै–धेरै बोरा मल वितरण भइसकेको थियो।
मैले यस विषयमा बनेपा नगरपालिकाको कृषि शाखामा पनि औपचारिक रूपमा गुनासो राखेँ। तर आजसम्म न त कुनै प्रभावकारी छानबिन भयो, न दोषीमाथि कारबाही भयो, न मलाई आवश्यक मल उपलब्ध गराइयो।
यसको प्रत्यक्ष परिणामस्वरूप मेरो करिब १८–२० रोपनीको मकैबाली नराम्ररी बिग्रिएको छ। मैले गरेको ठूलो लगानीसमेत उठ्ने अवस्था छैन। आर्थिक क्षतिसँगै मानसिक पीडा पनि असह्य भएको छ। एक किसानले वर्षभरि पसिना बगाउँछ, तर राज्यको सेवा र सहकारीबाट यस्तो विभेद र अन्याय पाउनु अत्यन्त दुःखद कुरा हो।
आज म गम्भीर प्रश्न गर्न बाध्य भएको छु—यदि मेहनत गर्ने किसानले समयमै मलसमेत पाउँदैन भने खेती गरेर कसरी बाँच्ने? के अब म इमानदार कृषि पेशा छोडेर परिवार पाल्नका लागि सडकमा भौतारिन बाध्य हुने? किसानलाई यही अवस्था सिर्जना गर्नका लागि कृषि नीति र सहकारी प्रणाली बनाइएको हो?
म सम्बन्धित निकायसँग निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही, मेरो क्षतिको मूल्याङ्कन तथा भविष्यमा कुनै पनि किसानमाथि यस्तो विभेदपूर्ण व्यवहार दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न जोडदार माग गर्दछु।
दङ्गाल बनेपा नपाका प्रतिनिधि पात्र मात्र हुन ,अहिले बनेपा नगरपालिका मा दल को झण्डा बोक्नेले मात्र मल पाउँछन् सहकारी दल गत भएको पनि यस्तो भएको अन्य स्थानीय हरु बताउछन ।
अहिले पनि काभ्रे का सबै स्थानीय तहले सहकारिलाइ मल को कोटा निर्धारण गरेका छ्न । अब पनि मल बितरण गर्दा अन्याय नहोस दलगत बिभेद नगरी मल बितरण गर्न सम्बन्धि निकायको ध्यान पुगोस ,एक किसानको पसिनाको मूल्य हुन्छ। किसानलाई अपमानित गर्ने, झुट बोल्ने र पहुँचका आधारमा मल बाँड्ने प्रवृत्तिले कृषि क्षेत्र नै धराशायी बनाउँछ। यदि यस्ता घटनामा समयमै न्याय भएन भने धेरै किसानहरू खेती छोड्न बाध्य हुनेछन्, जसको जिम्मेवारी सम्बन्धित निकायले लिन जरुरी छ ।








