“देवघाटको शान श्रीकृष्ण कृपाधाम”

तनहुँ / नेपालकाे हरिद्वार मानि हरिहर क्षेत्र देवघाट यस धरामा रहेर हाम्रा अग्रज पुर्खा ऋषि महर्षिहरूले हजाराै वर्ष तपस्या र साधनाकाे वलले खाेज अन्वेषण गरेर मानव जीवनलाई भाैतिकसुविधा सम्पन्न बनाउने याेगदान दिनुभएको छ । उहाँहरूकै याेगदानले हामी साैभाग्यशाली भएका छाै । नेपाल एक विश्वकै वैदिक विविधताले परिचित राष्ट्र हाे ।

संस्कृत विद्या र धर्मसंस्कृति अध्ययन गर्ने त देशभरिकै मुख्य केन्द्र नै हो यो भूमि। यसै पुण्यस्थलमा नेपालका प्रथम महिला भागवत वाचिका श्री तारा माताजीको अगुवाइमा चितवन, नवलपरासी र तनहुँ जिल्लाका श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको सत्प्रयासबाट वि.सं. २०६३ सालमा श्री प्राणनाथ अनाथ सेवा आश्रम स्थापना भएको थियो । उक्त आश्रम स्थापना र त्यसको संवर्द्धनका लागि देशभरिका सत्धर्मप्रेमी सुन्दरसाथ भक्तजनहरूबाट तन, मन र धनले सहयोग हुँदै आएको छ ।

श्री कृष्ण कृपा धाम का गादिपती नेपालका प्रथम भगवत वाचिका परमपुज्य परमबन्दनिय श्री १०८ बिदुसी तारा माताजी साथै संरक्षकमा परमपुज्य गुरुजी श्रीकृष्ण मंगलम महाराज, साध्बी जमुना माताजी रहनु भएको छ।

तनहुँ जिल्ला, देवघाट गाउँपालिका-५ मा अवस्थित यस प्राणनाथ अनाथ सेवा आश्रमको नामले परिचित छ । उक्त आस्रम हाल १७ रोपनी १० आना जमिन रहेको छ । मन्दिर परिसर भित्र रहेको १० रोपनी जमिनमा पर्खाल, प्रवेश द्वार र अन्य भौतिक संरचनाहरू निर्माण भएका र सँगै रहेको ७ रोपनी १० आना जमिनमा काँडेतार लगाइएको छ ।

नेपालको मध्यभागमा अवस्थित देवघाटधाम विश्वभरिका हिन्दुहरूको प्रमुख तीर्थस्थल मानिन्छ । त्रिशूली र कालीगण्डकीको संगम, नवलपरासी, तनहुँ र चितवन जिल्लाको सिमाना जोडिएको यो पवित्रभूमि देवघाटको धार्मिक महत्त्व जति छ, त्यति नै यस पावनभूमिको प्राकृतिक सौन्दर्यता पनि छ ।

शुद्ध हावापानी, हरियाली वनजंगल र थरिथरिका बोटविरुवा वनस्पतिले यस क्षेत्रलाई शोभायमान बनाएको छ । जीवनको उत्तरार्धमा गृहस्थ जीवन परित्याग गरी परममुक्तिका लागि आउने धर्मात्माहरूको नित्य पाठपूजा र कीर्तन, आश्रम र मन्दिरमा बज्ने शंख-घण्टको सुमधुर ध्वनि, विद्वान्/विदुषीहरूबाट भइरहने सारगर्भित प्रवचन जस्ता धार्मिक अनुष्ठानहरूले यहाँको वातावरण नै शान्त र ऊर्जामय छ। त्रिशूली नदीको वारिपारि चितवन र तनहुँ क्षेत्रमा धेरै मन्दिर, आश्रम, विद्यालय, महाविद्यालय र बाल-वृद्धाश्रमहरू रहेका छन् ।

आश्रमको विकासको गुरुयोजना बमोजिम श्रीकृष्ण प्रणामी मन्दिर, श्री बाइजुराज महिला समिती भवन, सन्त निवास, कलात्मक प्रवेशद्वार जस्ता संरचनाहरू रहेको छ। साथै ध्यानकक्ष, वाणी प्रशिक्षण केन्द्र, सभाहल, छात्रावास, गुरुकुलम्, गौशाला आदि निर्माण गर्ने योजना रहेको छ । मन्दिर परिसरमा भगवानका विभिन्न लीलाहरूमा आधारित विद्युतीय झाँकीहरू र पानीका फोहोराहरू निर्माण गरिने छ ।

वेदादि धर्मशास्त्र एवं दर्शनका आधारमा क्षर, अक्षरभन्दा पर अक्षरातीत धामको (परमधाम सम्मको) दिव्यलीला चिन्तन गर्दै परब्रह्म स्वरूप अक्षरातीत श्रीकृष्णको परा प्रेमलक्षणा भक्तिलाई आत्मसात गरी आत्मालाई परमधाममा जागृत गराउन सतगुरु श्री देवचन्द्रजी महाराज र महामति स्वामी श्री प्राणनाथजीद्वारा प्रतिपादित विशिष्ट मान्यता नै श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको मूल सिद्धान्त को रुपमा मानिदै आएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ