सर्लाही/ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिति काठमाडौ द्वारा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित श्री राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमका ४४ विद्यार्थीलाई न्यानो माया वितरण कार्यक्रम यहि पौष २४ गते बुधबार सम्पन्न भएको थियो।
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण कुमार कार्कीको प्रमुख आतिथ्यता तथा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष कौशल फुयाल केन्द्रिय सदस्य बालहरी थापा तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मधेस प्रदेश सदस्य तथा सामाजिक विभाग प्रमुख निरंजन लम्साल तथा श्रीकृष्ण प्रणामी सेवा समिती नेपालका केन्द्रिय सदस्य जयराज भट्टराई को विशेष आतिथ्यतामा श्री राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमका प्राचार्य मेघनाथ आचार्य अध्यक्ष माधव प्रसाद खरेल श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौ निवर्तमान अध्यक्ष राजकुमार गजुरेल, कोषाध्यक्ष सरोज गौतम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक जिल्ला अध्यक्ष प्राणनाथ सापकोटा, सचीव सन्तोष बजगाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ललितपुर अध्यक्ष शिव प्रसाद तिमल्सिना श्रीकृष्ण बाईजुराज महिला समिति नेपाल जिल्ला कार्यसमिति सर्लाही अध्यक्ष सुनिता सिलवाल श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति सर्लाही का कोषाध्यक्ष भवानी भट्टराई पन्त श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति सर्लाही का निवर्तमान अध्यक्ष रामलाल महतोको सहभागी रहेको थियो।
कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौका उपाध्यक्ष दिनेश प्रसाद धिमालले सञ्चालन गर्नु भएको थियो भने श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौ का अध्यक्ष विकास सन्जेलको सभापतित्वमा सम्पन्न भएको थियो।










