बनेपा । सुदृष्टि आँखा केन्द्र, बनेपा–७ र श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपा–१२ बीच सहकारीका सदस्यलाई आँखासम्बन्धी उपचार तथा परामर्श सेवामा विशेष छुट र सुविधा सम्बन्धि सम्झाउन भएको छ ।
शेयर सदस्यलाई आँखा सम्बन्धी उपचार तथा परामर्श सेवामा विशेष छुट र सुविधा उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय सम्झौता भएको हो ।
बासडोल सहकारीका सदस्यहरूले सम्झौताअनुसार सुदृष्टि आँखा केन्द्रबाट आँखा उपचार तथा परामर्श सेवा लिँदा विभिन्न सुविधा प्राप्त गर्न सक्ने छन । सुदृष्टि आँखा केन्द्रका
व्यवस्थापक हरिहर कोइराला र बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि. को अध्यक्ष आशिष शर्मा वाग्लेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार सहकारीका सदस्यहरूका लागि दर्ता, सामान्य आँखा जाँच, प्रेसर जाँच तथा आँसुको परीक्षण निःशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ। यसैगरी सम्झौतामा सम्पूर्ण औषधिमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)मा छुट तथा प्रिस्क्रिप्सन अनुसारका पावर चस्मा र फ्रेमको मूल्यमा १० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ ।
दुवै पक्षबीच भएको सम्झौता हस्ताक्षर भएको मितिबाट एक वर्षसम्म लागू हुनेछ। दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि नवीकरण गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ।
संस्थाको प्रमुख कार्यकारी अधिकृत अनन्तप्रसाद तिमल्सिनाले सम्झौताबाट सहकारीका सदस्यहरूलाई सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए।
सम्झौतामा ब्रान्डेड तथा प्रिमियम लेन्स र सनग्लासमा समेत एमआरपीमा १० प्रतिशतसम्म छुट पाउने छन भने सुविधा प्राप्त गर्न सहकारीका सदस्यहरूले आफ्नो सदस्यता परिचयपत्र वा संस्थाको आधिकारिक सिफारिसपत्र सुदृष्टि आँखा केन्द्रमा लैजानु पर्नेछ।









