सिन्धुली / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिति काठमाडौ द्वारा सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका वडा नम्बर ३ स्थित श्री विनायक आधारभुत विद्यालयका ५४ विद्यार्थी र १० शिक्षकलाई न्यानो माया बितरण कार्यक्रम पौष २४ गते बुधबार सम्पन्न भएको थियो।

सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष कौशल फुयाल, केन्द्रिय सदस्य बालहरी थापा ,विशिष्ट अतिथी तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौ निवर्तमान अध्यक्ष राजकुमार गजुरेल, कोषाध्यक्ष सरोज गौतम, मधेश प्रदेश सदस्य एवम् प्रदेश सामाजिक सेवा बिभाग प्रमुख निरंजन लम्साल,श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक जिल्ला अध्यक्ष प्राणनाथ सापकोटा, सचीव सन्तोष बजगाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ललितपुर अध्यक्ष शिव प्रसाद तिमल्सिना ,श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति सिन्धुली सचीव विशाल श्रेष्ठ ,श्री विनायक आधारभूत विद्यालयका व्यस्थापन समिती अध्यक्ष तिर्थ प्रसाद चौलागाईं लगायत शिक्षक,बिद्यार्थी लगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौका उपाध्यक्ष दिनेश प्रसाद धिमालले सञ्चालन गर्नु भएको थियो भने श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काठमाडौ का अध्यक्ष विकास सन्जेल को सभापतित्वमा सम्पन्न भएको थियो।










