श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति काभ्रेको आयोजनामा माघ १२ गते बनभोज कार्यक्रम हुने….

सन्तोष बजगाई

काभ्रेपलान्चोक/ कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा यहि मिति २०८१ साल माघ १२ गते शनिबार का दिन काभ्रेपलान्चोक जिल्लाको पर्यटकीय नगरी बनेपा नगरपालिका वडा नम्बर ३ स्थित काशीभञ्ज्याङ् मा हुने भएको हो ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक अध्यक्ष प्राणनाथ सापकोटा का अनुसार उक्त कार्यक्रम मा काभ्रेपलान्चोक जिल्ला भरिका विभिन्न ठाउबाट भक्त सुन्दरसाथ हरु लगायत काठमाडौ, भक्तपुर, ललितपुरबाट भक्त सुन्दरसाथहरुको उपस्थिति हुने भएको हो।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश अन्तर्गत रहेको जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा कृष्ण भोज, सुन्दरसाथ मिलन तथा दर्शन भेट कार्यक्रममा सहभागी भई भव्य र सभ्य रुपमा सफल पारिदिनुहुन का लागि हार्दिक आमन्त्रण गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ