कोरिया/ कोरियन नयाँ वर्ष सललालको अवसरमा NRNA गैर आवसिय नेपाली संघ दक्षिण कोरिया विपिन गुरुङ समूहद्वारा सम्मान कार्यक्रम 2025 january 27 मा हुने भएको छ। दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाहरूले नेपाली समुदायका लागि खेलेको सकारात्मक भूमिका, पहल, र योगदानको कदर गर्दै यो सम्मान कार्यक्रमको आयोजना गर्न लागेको हो।
NRNA मा हाल देखिएको विवाद र अदालती प्रक्रियाका कारण आफ्नो योजना अनुसार काम गर्न नसकेको कुरा एन-आर-एन-ए दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले बताएका छन्। उनले भने, “अब सर्वोच्च अदालतको आदेश, परराष्ट्र मन्त्रालयको निर्देशन, र NRNA-ICC (केन्द्रीय समिति) ले गर्न लागेको एकता अधिवेशनको तयारीलाई ध्यानमा राख्दै हामी अगाडि बढ्ने बताएका छन।
वरिष्ठ उपाध्यक्ष महेश बजगाईका अनुसार, NRNA ले गर्नुपर्ने कतिपय कामहरू कोरिया स्थित अन्य संघ संस्थाहरूले गर्दै आएका छन्। तिनै संस्थाहरूको योगदानको सम्मान स्वरूप यो कार्यक्रम आयोजना गर्न लागिएको हो।उक्त कार्यक्रममा सचिव नरेश शर्माले थप जानकारी दिदै भने, “संस्थागत बेमेल, सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, र अन्य कारणले गर्दा विगतमा काम गर्न नसकिने अवस्था थियो। अब अदालतको आदेश र ICC केन्द्रको समन्वयमा अघि बढ्न लागिएको छ।”
यश कार्यक्रमका मुख्य उदेश्यहरु नेपाली समुदायका लागि योगदान गर्ने संघ संस्थाहरूको कदर गर्ने , विवादपछि एकता र समन्वयको माध्यमबाट संस्था अघि बढाउने, कोरियाली र नेपाली समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने ।नयां कामको थालनि गर्ने र गौतम बुद्ध नेपालमा जन्मेको विश्व सामु सबैलाई जानकारी दिने सोही समुहका सदस्य श्याम राज तिमल्सिना ले जनाए।
यस सम्मान कार्यक्रममा कोरिया स्थित सबै संघ संस्थाहरूलाई आमन्त्रण गरेको श्याम राज तिमल्सिना जानकारी दिए।











