परिषदको स्थापना दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै मकवानपुर

मकवानपुर/ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति मकवानपुरले केन्द्रीय समितिको निर्देशन अनुसार परिषद्को स्थापना दिवस मनाऊने भएको छ । मकवानपुर ले माघ १३ गते बिहान श्रीमंद्भागवत बृद्राआश्रम लक्ष्मी बैकटेश मंदिर हेटौडा-१७ मा आश्रित रहनु भयका वृद्ध लक्ष्मीनारायण आमा – बुवाहरू लाई न्यानो कपडा तथा फलफुल वितरण गरी परिषद्को सप्ताहव्यापी स्थापना दिवस मनाऊने कार्यको सुरुवात गरेको हो।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मकवानपुर को उक्त कार्यक्रममा वडा न.१७ का अध्यक्ष श्री उद्धव सत्यालजीको प्रमुख आतिथ्यतामा रहेको थियो, परिषदका जिल्ला अध्यक्ष सुजन तिमल्सिनाको सभाध्याक्षमा कार्यक्रम सम्पन्न गरीयो कार्यक्रममा लक्ष्मी बैंकटेश मंदिरका अधक्ष्य नारायण कटवाल, १७ न वडाका वडा सदस्य नमराज न्यौपाने, परिषदका बागमती प्रदेश सदस्य – नबीन तिवारी प्रदेश सदस्य-ज्ञानदाश खतिवडा लगायत उपस्थित रहनू भयेको थियो, साथमा जिल्ला कार्यसमितिका साथी हरूको उपस्थितिमा स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको सूरवात गरेको हो। यो कार्यक्रम माघ १८ गते श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल को स्थापना दिवस सम्म मनाईने परिषद का उपाध्यक्ष प्रकाश राज वाग्ले ले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ