कोरिया/ सिवोल. कोरियन नयाँ वर्ष सल्लाल को अवसर पारेर गैर आवासिय नेपालि सघं NRNA नेपाल समन्यय समिति NCC दक्षिण कोरिया द्ारा कोरिया मा रहेर सामाजिक योगदान पुर्याउनु हुने विभिन्न सघं सस्थां , सामाजिक अभियान्ता , लामा गुरु , पत्रकार तथा विशिष्ट ब्यक्ति हरुलाई सम्मान गरेको छ ।
गैर आवासिय नेपालि सघं NRNA ICC का केन्द्रिय अध्यक्ष तथा उच्चस्तरीय समिति का सदस्य बिनोद कुवंर को प्रमुख अतिथ्यमा सम्पन उक्त कार्यक्रम मा जुनु गुरुङ प्रकास धमला लगाएत का बिभिन्न सस्थां का प्रतिनिधि हरुको बिशेष अतिथ्य ता रहेको कार्यक्रम मा सभापति तथा गैर आवासिय नेपालि सघं NRNA नेपाल समन्यय समिति NCC दक्षिण कोरिया का अध्यक्ष बिपिन गुरुङ ले जानकारी गराएका छन । नेपाल को प्रयटन बिकास तथा भगवान् गौतम बुद्द भुमि का बारेमा गलत भर्म रहेको कोरियालि समाजमा Budha was born in nepal को ब्यानर सहित को सम्मान कार्यक्रम मा कोरिया महामहिम राजदुत को अनुपस्थिति ले कतै कोरियामा पनि राजनितिक गन्ध मिसिएको होकि भन्नि शकां ब्यक्त उनले गरेका थिए ।
अब को दिन मा Budha was born in nepal को कार्यक्रम अझ बुहत तथा सशक्त ढङ्गले अगाडि बढाउने तथा कोरियालि समाज को उपस्थिति सहित पर्दशन गर्ने भन्ने उक्त सघं का बरिस्ठ उपाघ्यक्ष महेश बजगांई जानकारी गराएका छन ।
NRNA को किचलो का कारण ले NRNA ले गर्नु पर्ने काम हरु बिभिन्न सघं सस्थां ब्यक्ति तथा समाज ले गरेका कारण ले उनि हरुको योगदान को कदर गर्दै हौसला र उत्पेरणा को निम्ति उक्त सम्मान कार्यक्रम राखेको उक्त सघं का प्रबक्ता अजय सोडारि ले जानकारी दिए । उक्त कार्यक्रम मा लामा गुरु हरुको पनि उपस्थिति रहेको यस सघं का सद्स्य श्याम राज तिमिल्सिना ले बताएका छन । ४० भन्दा बढि सस्थां का प्रतिनिधि रहेका उक्त कार्यक्रमका प्रमुख अतिथि विनोद कुँवरले आफ्नो भनाइ राख्दै भने, “गैरआवासीय नेपाली संघले विगत लामो समयदेखि ‘Buddha Was Born In Nepal’ अभियान सञ्चालन गरिरहेको छ । कोरियामा यस अभियानको पुनःसुरुआत हुनु निकै सकारात्मक कदम हो ।”

उनले गैरआवासीय नेपाली संघको केन्द्रमा देखिएको विवादलाई सर्वोच्च अदालतको परमादेशअनुसार छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । साथै, उनले एनआरएनएलाई विधि, विधान र एकतामा आधारित बनाउँदै अघि बढ्न कसैले रोक्न नसक्ने कुराको श्याम राज तिमिल्सिना ले जानकारी दिए।










