युवा परिषदको आफ्नो स्थापना दिवसको अवसरमा काभ्रेले गर्‍यो १०८ मेहेरसागर पाठ तथा फलफुल वितरण कार्यक्रम..

काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक को आयोजनामा आज मिति २०८१ माघ १६ गतेका दिन पनौती स्थित श्री प्राणनाथ माईती बृद्धाआस्रममा जेष्ठ नागरीकसँग युवा भेटघाट कार्यक्रम (१०८ मेहेरसागर पाठ तथा फलफुल वितरण कार्यक्रम) सम्पन्न गरेको हो।

जीवनलाई अरुको सेवामा समर्पण गर्दै सेवा नै धर्म हो भन्ने संदेश समाजमा प्रवाह गर्दै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ले आफ्नो ३५ औं स्थापना दिवस को पुर्व सन्या मा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेले पनौती स्थित श्री प्राणनाथ माईती बृद्धाआस्रममा जेष्ठ नागरीकसँग युवा भेटघाट कार्यक्रम (१०८ मेहेरसागर पाठ तथा फलफुल वितरण कार्यक्रम) सम्पन्न गरेको थियो।

Exif_JPEG_420

२०४७ माघ १८ गते धर्म सस्कृतीको रक्षा गर्दै दुर्व्यसन मुक्त समाजको परिकल्पना गरेर १६-४९ उमेर समूह रहने गरि हालको अबस्थामा ३३ सदस्यीय केन्द्रिय समिति ५ प्रदेश समिति ४९ जिल्ला समिती १० बिदेशी मुलुकमा वैदेशिक समन्वय समिति १९५ प्रारम्भिक समिति ८ केन्द्रिय विभागहरु कृयाशिल रहेका छन। हाल परिषद् मा १५ हजार सदस्यहरु परिषद् मा संगठित छन। जीवनलाई अरुको सेवामा समर्पण गर्दै सेवा नै धर्म हो भन्ने संदेश समाजमा सेवा प्रवाह गर्ने क्रममा युवा त्यस्तो शक्ति हो समाज विकास र राष्ट्र निर्माणका लागि अपरिहार्य श्रोत हो।२०४७ माघ १८ गते धर्म सस्कृतीको रक्षा गर्दै दुर्व्यसन मुक्त समाजको परिकल्पना गरेर १६-४९ उमेर समूह रहने हालको अबस्थामा ३३ सदस्यीय केन्द्रिय समिति ५ प्रदेश समिति ४९ जिल्ला समिती १० बिदेशी मुलुकमा वैदेशिक समन्वय समिति १९५ प्रारम्भिक समिति ८ केन्द्रिय विभागहरु कृयाशिल रहेका छन। हाल परिषद् मा १५ हजार सदस्यहरु संगठित छन।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको ३४ औं बर्ष पार गरि ३५ औं बर्ष मा लागेको अबसरमा आयोजित श्री १०८ मेहेर साग पाठ पूरा गरि पुर्णाहुती कार्यक्रम काभ्रेपलान्चोक जिल्लाको पनौती स्थित श्री प्राणनाथ माईती बृद्धाआस्रममा माघ १६ गते बुधबार सम्पन्न गरेको हो।

उक्त अबसरमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक को सस्थापक तथा श्री प्राणनाथ माईती बृद्धाआस्रमका सस्थापक अध्यक्ष श्री रघुनाथ तिमल्सिना प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो भने श्री प्राणनाथ माईती बृद्धाआस्रमका सचीव सकुल प्रसाद तिमल्सिनाले शुभकामना प्रदान गर्नुभएको थियो। कार्यक्रम मा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक का सदस्य रामहरी तिमल्सिना परिषद का जिल्ला अध्यक्ष श्री प्राणनाथ सापकोटा उपाध्यक्ष विष्णुहरी हुमागाई,राजन आचार्य सह-सचीव दिपक तिमल्सिना सदस्य सम्झना दाहाल र निरोज ढुङ्गाना को उपस्तिथि रहेको थियो।

स्थापना दिवस कै अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ले मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याएको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोकका सचीव सन्तोष बजगाईले जानकारी दिए।

कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोकका अध्यक्ष प्राणनाथ सापकोटा को सभापतित्वमा सम्पन्न भएको थियो।

Exif_JPEG_420

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ