श्रीकृष्णप्रणामी प्राज्ञिक परिषद्को अध्यक्षमा ढकाल

तनहु/ श्रीकृष्ण प्रणामी प्राज्ञिक परिषद नेपालको प्रथम राष्ट्रिय भेला श्रीकृष्णकृपा धाम देवघाटमा सम्पन्न भएको छ । माघ १६ र १७ गते दुई दिन आयोजित भेलामा देशका विभिन्न जिल्लाबाट आउनुभएका प्राज्ञिक व्याक्तित्वहरूको सहभागी रहेको थियो । श्रीकृष्णकृपा धाम देवघाटका प्रमुख संरक्षक साध्वी श्री १०८ तारा माताजीको प्रमुख आतिथ्यमा भएको सो भेलालाई श्रीकृष्णप्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्री एस के शर्मा, श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालका प्रतिनिधि श्री शिव दाहाल एवम् श्री ५ पद्मावतिपुरीधाम पन्ना, मध्यप्रदेश भारतका ट्र्रष्टि श्री मदन कृष्ण शर्माले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
उक्त भेलालेः प्रस्तुत गरिएको प्राज्ञिक परिषदको अवधारणामा छलफल गर्दै संस्थाको विधान पारित गर्नुका साथै प्राज्ञ श्री लोकेन्द्र ढकालको अध्यक्षतामा तपशील बमोजिमको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । यो समितिले तीन महिना भित्रमा संस्था दर्ता गरी महाधिवेशन गर्नेछ ।
तदर्थ समितिको नामावली यसप्रकार छः
१.अध्यक्ष लोकेन्द्र ढकाल, भक्तपुर
२. उपाध्यक्ष उद्धव नेपाल, काभ्रे,
३. सचिव चन्द्रकुमार सुवेदी, झापा
४. सहसचिव सुशीला ढकाल, काठमाण्डौ
५. कोषाध्यक्ष हरिप्रसाद गजुरेल, मोरङ
६. सह-कोषाध्यक्ष डा. विजय नेपाल, मकवानपुर
सदस्यहरू
७. सदस्य विमलचन्द्र दाहाल, झापा
८. सन्त श्रीकृष्णमङ्गलम महाराज, चितवन
९. साध्वी मालती ओझा, लमजुङ
१०. ईश्वरचन्द्र पौड्याल, चितवन
११. टहलदास सिवाकोटी (यात्री), झापा
१२. परमानन्द मिश्र, झापा
१३. रामप्रसाद पराजुली, भोजपुर
१४. घनश्याम रसिक, झापा
१५.राज महर्जन, काठमाण्डौ
१६. जयप्रकाश प्रधान, रामेछाप
१७. रामकृष्ण तिवारी, मकवानपुर
१८. डिल्ली निरौला, सोलुखुम्बु ।
१९. रिक्त

यसैगरी, लेखा समिति १.घनश्याम ढकाल, मकवानपुर २. हरिप्रसाद न्यौपाने, चितवन ३.जयप्रकाश घिमिरे, मकवानपुर रहनु भएको छ ।
नवगठित प्राज्ञिक परिषदको सल्लाहकारमा प्रा. डा. बासुदेव उप्रेती, प्रा. डा. सूर्य प्रसाद सग्रौला, प्राज्ञ श्री गंगा प्रसाद उप्रेति (नि. बर्तमान कूलपति, ने. प्र. प्र.), पूर्ब सांसद डा. डिला सग्रौला, प्रा. विनोद शर्मा, बरिष्ठ अधिवक्ता श्री लीलाप्रसाद सापकोटा र ट्रान्सेरेन्सी इन्टरनेशनलका अध्यक्ष श्री मदन कुष्ण शर्मा रहनु भएको छ ।
माइन्युट प्रमाणित समिति
१. वालकृष्ण घिमिरे
२. बद्री प्रसाद चौलागाई चयन भएका छन।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ