३० औं महान जनयुद्ध दिवस २०८१, दीप प्रज्वलन कार्यक्रम सम्पन्न

काभ्रेपलान्चोक /  २०८१ फागुन १ गते, काभ्रे जिल्लाको बनेपा चारदोबाटोमा ३० औं महान जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न नेताहरू र जनबर्गीय सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पार्टी बागमती प्रदेश समिति सचिवालय सदस्य पार्टी जिल्ला संयोजक भोला प्रसाद अर्याल, अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष सन्दिप पुन, ycl केन्द्रिय सचिव अबिलाश लामा बेथानचोक गाउपालिका अध्यक्ष तारा राना तिमल्सिना लगायत पार्टीका प्रदेश समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, र विभिन्न जनबर्गीय सङ्गठनका केन्द्रिय र जिल्ला नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बिबश लामाले गरेका थिए भने सम्बोधनमा ycl केन्द्रिय सचिव अबिलाश लामा र पार्टी जिल्ला संयोजक भोला अर्यालले उपस्थित सबैलाई संबोधन गर्नुभएको थियो। उहाँहरूले महान जनयुद्धको महत्व र यसको योगदानबारे प्रकाश पार्नुका साथै अहिलेको समयमा क्रान्तिकारी आन्दोलनको आवश्यकता र यसको ऐतिहासिक मूल्यबारे चर्चा गर्नुभयो।

कार्यक्रमको आयोजन यंग कम्युनिस्ट लिग, नेपाल जिल्ला समन्वय समिति, काभ्रे र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति, काभ्रे द्वारा गरिएको थियो। यसले जनयुद्धको योगदान र संघर्षका महत्वपूर्ण पक्षलाई जनमानसमा पुनः सम्झाउने प्रयास गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ