सन्तोष बजगाई
ललितपुर / काठमाडौ बाट करिब ४० किलोमीटर को दुरिमा रहेको ललितपुर जिल्लाको दक्षिणी भेग कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ मा श्री कृष्ण प्रणामी सेवा समिती नेपाल द्वारा संचालित श्री कृष्ण प्रणामी मन्दिर शंखु अवस्थित छ।
भूगाेल जात, धर्म र आस्थाकाे परिधि छिचाेलेर सबैधर्म जातजातीकाे साैहार्दतामा आयाेजित याे बृहत् महाेत्सवमा दैनिक हजाराै भक्तजन शान्ति, सम्बृद्दि, सफलताकाे कामना गर्दै ओईरिएका छन् । धार्मिक सभामा विभिन्न बिद्वान, सन्त, महन्त धर्म प्रचारक देखि प्रशासनिक र राजनैतिक ब्यक्तित्वकाे आवागमन बढ्दाे छ ।
कृष्ण प्रणामी मन्दिर संखुको भूमि पुजन भएको १९ औं वार्षिक उत्सव तथा श्री राजजी पधार्पण भएको र मन्दिर उद्घाटनको १० औं बार्षिक उत्सवको अवसर पारेर मिति २०८१ फागुन ७ देखि १३ गते सम्म श्रीमद् तारतम सागर पाठ पारायण तथा श्रीमद् भागवत महापुराणको आयोजना हुन लागेको हो ।
उक्त श्रीमद् तारतम सागर पाठ पारायण तथा श्रीमद् भागवत महापुराणको अमृतमय कथा परम आदरणीय “श्री कृष्ण मंगल मानव सेवा ट्रष्ट नेपालका संस्थापक एबम प्रमुख संरक्षक श्री देवराजजी महाराजज्यूका मुखारविन्दबाट संगीतमय प्रवचन र पण्डित श्री युगलप्रसाद अधिकारी ज्युको मुखाराविन्दबाट अमृत रुपि कथाको वर्षा हुने भएको छ।
परब्रम्ह परमात्मा सच्चिदानन्द स्वरुप श्री राजश्यामाकाे भक्ति, स्वासंबेद तारतम सागरकाे अध्यन चिन्तन गरि दिब्य परमधामका युगलश्वरुपलाई ह्दयमा बिराजित गराई शुद्द शाहाकार जीवन शैली अपनाई मध्पान, धुम्रपान र नसालु पदार्थबाट टाढा रहि बसुधैवम् कुटुम्बकम् भावमा पराेपकार पुन्य मान्दै सेवा भावमा जीव प्रकृतिलाई माया गर्नु श्रीकृण्ण प्रणामी धर्मकाे मुल सिद्दान्त रहेकाे छ । समाजका अग्रजकाे त्याग समर्पण र वर्तमान युवामा धर्मकाे महत्व दर्शाउन, बिभेदकारी समाजकाे अन्त्य, आध्यात्मिक र सामाजिक सेवा अभिबृद्दि सहित हिन्दु सनातन धर्मकाे जगेर्ना गर्न समभाव बिश्वास र प्रेम बर्षिएकाे यस स्थानमा गुरु महाराजकाे ब्यवस्थापन, भाेजन पाण्डाल,सहभागीकाे आवास तथा पाउपाेष सबै सेवाकालागि स्वम् सेवक खटिने भएका छन् ।
कार्यक्रममा ५० हजार भन्दा बढि भक्तजन सहभागी भै सकेकाे नगद र बिभिन्न जिन्सी सामाग्री संकलन गरि बचत रकम मन्दिर को लागि आवश्यक जग्गा खरिद गरिने उक्त कार्यक्रम का आयोजक समितिका संयोजक खिल प्रसाद घिमिरेले बताउनु भएकाे छ
हामी धर्म भन्छाै, कर्म भन्छाै, अधर्म त्याग्छाै भन्छाै, मनाेमानी गर्न छाड्दैनाै, हतारमा दुईहात जाेड्छाै श्रद्वा छैन, भाव छैन, भक्ति छैन, त्याग छैन अनि कसरी मिल्छ भगवान? घुर्कीले भगवान पाईन्छ र ! पुर्णब्रम्ह परमात्मा साक्षात राज श्यामाजीसँग साक्षात्कार गर्न त प्रेम चाहिन्छ, त्याग चाहिन्छ समर्पण चाहिन्छ अनि चाहिन्छ त्याे धामकाे ट्याग लागेकाे ब्रम्हवासनाकाे भक्ति प्रेम । यहि उच्च आचरण समर्पण र प्रेमका खानी ललितपुर जिल्लाको अन्तर्गत रहेको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ संखुका अग्रज सुन्दरसाथकै कारण याे भूमि आज धन्य भएकाे छ । सबैले सभ्य भब्य र उत्कृष्ट यस कार्यक्रमकाे अवलाेकन र दिब्य ज्ञान रसपानकाे अवसर नगुमाउ सहभागी हौं ।











