बेथानचोक,अखिल क्रान्तिकारी बेथानचोक गाउपालिका कमिटिले शुक्रबार पार्वती बहुमुखी क्याम्पस काभ्रेपलान्चोक जिल्ला बाट सहमती भए अनुसार स्वतन्त्र विधाथी युनियनको निर्वाचनको निर्णय कार्यनयन होस भनि ज्ञापनपत्र बुजाएको हो।
गत मिति २०८१ साल फाल्गुन २७ गतेका दिन पार्बती क्याम्पसले स्ववियु निर्वाचनको बिषयमा सार्बजानिक गरिएको निर्णय प्रती अखिल क्रान्तिकारी पार्बती बहुमुखी क्याम्पस कमिटीले असमर्थ जनाएको छ । जिल्लाको बिध्यार्थी सङ्गठनहरुको सहमति अनुसार गरेको निर्णय परिपालना नगरी सह-सचिब र १ सदस्यको पद रित्त हुनु पर्नेमा ने.वि. सङगले दिएको उमेरदारि पार्वती क्याम्पस निर्वाचन समितिबाट निर्वाचित घोषणा गरिएको प्रती अनेरास्ववियु क्रान्तिकारी बेथानचोक कमिटी घोर आपती व्यक्त गरेको हो। यो निर्णयलाई अस्विकार गर्दै तत्काल क्याम्पसले यो निर्णय लाई खारेज नगरे क्याम्पसमा आन्दोलन अगाडि बडाउन बाध्य हुने समेत जनाएको छ। तत्कालकै वार्ताको वाताबरण बाट निकास निकाल्नका लागि क्याम्पस र निर्बाचन कमिटी समक्ष ज्ञापनपत्र पेस गरेको छ।










