सोल, दक्षिण कोरिया – पूर्वीय सनातन धर्म, कला, संस्कार एवं नेपाली मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यका साथ दक्षिण कोरियामा स्थापित आध्यात्मिक संस्था “सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरिया” ले दक्षिण कोरियाका लागि नेपाली राजदुत महामहिम शिवामाया तुम्बाहाम्फे को प्रमुख आतिथ्यमा “한강 होली महोत्सव २०२५” को सफलता को साथ सम्पन्न भएको छ । कोरियाको राजधानिको बिच मा बग्ने 한강 नदिको पार्क मा भएको उक्त कार्यक्रम मा बिभिन्न कलाकार हरुको बेजोड प्रस्तुति रहेको थियो ।
प्रवास मा रहेको नेपालि हरु आफ्नो धर्म , संस्कृतिको सरंक्षण तथा प्रवधन को निम्ति तथा नेपाली समुदाय बिच भेटघाट को माहोल सिर्जना गर्न कार्यक्रम आयोजना गरेको उक्त कार्यक्रम मा सयोंजक तथा पाचँ स कोरिया का बरिस्ठ उपाध्यक्ष महेन्द्र सापकोटा ले जानकारी गराए ।

बिगत लामो समय देखि पर्देसि भुमि मा आफ्नो कला , सस्कांर ,सनातन साहित्य जगेर्ना को निम्ति यस सस्थां ले खेलेको अतुलनीय भुमिका प्रति जतिनै कदर गरेपनि कम हुने श्याम राज तिमिल्सिना ले हामि लाई जानकारी गराए ।।










