विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले दशौं एकता महाधिवेशन लाइ मध्यनजर गर्दै मार्च २२ तारिख भर्चुअल माध्यम जुम मार्फत एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व: एनआरएनए दक्षिण कोरियाको साझा प्रतिबद्धता भन्दै विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले यहि अप्रिल ६(चैत २४) मा सउलको दोङ्देमुन स्थित खुमिनह्वेग्वानमा एकता महाधिवेशन २०२५ गर्दैछ। सोही एकता महाधिवेशनलाई मध्यनजर गर्दै मार्च २२ तारिख शनिबारका दिन बेलुकी ८:४५ बजे भर्चुअल माध्यम जुम मार्फत अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ। जुम आइडी 82097839556 र पासकोड NRNA राखिएको अन्तरक्रिया कार्यक्रममा कोरियामा रहेका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूसँग अन्तरक्रिया गरिने भएको हुँदा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा उपस्थितिका लागि आयोजकले अनुरोध समेत गरेको छ।
यसैगरी आगामी अप्रिल ६ तारिखका दिन उच्चस्तरीय समितिको निर्देशन समितिद्वारा जारी गरिएको कार्यविधि तथा सर्वोच्च अदालतको फैसलाको मूल मर्मअनुसार सम्पन्न गरिने एकता महाधिवेशन मा उपस्थितिका लागि समेत आयोजकले निमन्त्रणा गरेको छ।












