सन्तोष बजगाई
काभ्रेपलान्चोक/ काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग प्रकृति छटाले हराबरा पनौती नगरपालिका वडा नम्बर १० पस्थली मा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर पस्थली को २५ औ वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा मन्दिरको भौतिक संरचना निर्माणको उद्देश्यका साथ आगामी मिति २०८१ साल चैत १८ देखि २४ गते सम्म मन्दिरमा झण्डोतोलन, १०८ कलश यात्रा तथा २५ पारायण पूर्णावती सहित परमहंश पिठाधिश्वर आचार्य श्री १०८ टहल किशोर महाराज जी को मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा तथा अन्य विद्वान-विदुषीहरुबाट श्रीमत्तारतम सागर ब्रम्हवाणीको चर्चा एवं अध्यात्मिक प्रवचन एवं विभिन्न कलाकारहरुबाट भजनकिर्तन हुने भएको छ।
जिल्लाको ऐतिहाँसिक दक्षिणी भेग पनौती नगरपालिका वडा नम्बर १० मा धर्मको जागनी को यात्राको क्रममा २०४२ साल देखि राज्जीकाे निरन्तर भक्ति श्रद्वा अनि प्रेममय सेवापूजामा पुरानाे संरचना रहेकाे तत्कालीन शंखु गाबिस मा चिनारी श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल द्वारा संचालित कृष्ण प्रणामी मन्दिर पस्थलीमा यहि मिति २०८१ साल चैत १८ देखि २४ गते सम्म विभिन्न मिडिया,पत्रकार र सबैकाे सामाजिक सञ्जालकाे शुरुका पन्नाका पाेष्ट बन्दै गएकाे छ । सबैले दर्शन गर्नैपर्ने विशेष कार्यक्रम श्रीमत तारतम ब्रम्हवाणी पाठ पारायण क्षेत्र केही भिन्न, केही राैनक र प्रणामी धर्म निजानन्द सम्प्रदायकाे बृस्तितिकरणकाे आधार बनेकाे छ ।
भूगाेल जात, धर्म र आस्थाकाे परिधि छिचाेलेर सबैधर्म जातजातीकाे साैहार्दतामा आयाेजित याे बृहत् महाेत्सवमा दैनिक हजाराै भक्तजन शान्ति, सम्बृद्दि, सफलताकाे कामना गर्दै ओईरिएका छन् । धार्मिक सभामा विभिन्न बिद्वान, सन्त, महन्त धर्म प्रचारक देखि प्रशासनिक र राजनैतिक ब्यक्तित्वकाे आवागमन बढ्दाे छ ।
परब्रम्ह परमात्मा सच्चिदानन्द स्वरुप श्री राजश्यामाकाे भक्ति, स्वासंबेद तारतम सागरकाे अध्यन चिन्तन गरि दिब्य परमधामका युगलश्वरुपलाई ह्दयमा बिराजित गराई शुद्द शाहाकार जीवन शैली अपनाई मध्पान, धुम्रपान र नसालु पदार्थबाट टाढा रहि बसुधैवम् कुटुम्बकम् भावमा पराेपकार पुन्य मान्दै सेवा भावमा जीव प्रकृतिलाई माया गर्नु श्रीकृण्ण प्रणामी धर्मकाे मुल सिद्दान्त रहेकाे छ । समाजका अग्रजकाे त्याग समर्पण र वर्तमान युवामा धर्मकाे महत्व दर्शाउन, बिभेदकारी समाजकाे अन्त्य, आध्यात्मिक र सामाजिक सेवा अभिबृद्दि सहित हिन्दु सनातन धर्मकाे जगेर्ना गर्न समभाव बिश्वास र प्रेम बर्षिएकाे यस स्थानमा गुरु महाराजकाे ब्यवस्थापन, भाेजन पाण्डाल,सहभागीकाे आवास सबै सेवाका लागि स्वम् सेवक खटिने छन् ।
हामी धर्म भन्छाै, कर्म भन्छाै, अधर्म त्याग्छाै भन्छाै, मनाेमानी गर्न छाड्दैनाै, हतारमा दुईहात जाेड्छाै श्रद्वा छैन, भाव छैन, भक्ति छैन, त्याग छैन अनि कसरी मिल्छ भगवान? घुर्कीले भगवान पाईन्छ र ! पुर्णब्रम्ह परमात्मा साक्षात राज श्यामाजीसँग साक्षात्कार गर्न त प्रेम चाहिन्छ, त्याग चाहिन्छ समर्पण चाहिन्छ अनि चाहिन्छ त्याे धामकाे ट्याग लागेकाे ब्रम्हवासनाकाे भक्ति प्रेम । यहि उच्च आचरण समर्पण र प्रेमकी खानी पस्थलीका अग्रज सुन्दरसाथकै कारणले याे भूमि आज धन्य भएकाे छ । सबैले सभ्य भब्य र उत्कृष्ट यस कार्यक्रमकाे अवलाेकन र दिब्य ज्ञान रसपानकाे अवसर नगुमाउँ , सहभागी हाेअौ ।










