श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले चैत १५ गते”स्वस्थ्य जीवनशैली” बिषयमा आधारित प्रस्तुतिकरण कार्यक्रम गर्ने…

सन्तोष बजगाई
काठमाडौ / श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, केन्द्रीय समितिद्वारा श्रीनवतनधाम, काठमाडौंकाे ३० औं बार्षिकाेत्सवकाे सन्दर्भमा आयाेजित श्रीमत्तारतम सागर १०८ पाठ-पारायणकाे अवसरमा यहि मिति २०८१ चैत्र १५ गतेका दिन “स्वस्थ्य जीवनशैली” बिषयमा आधारित “प्रस्तुतिकरण कार्यक्रम”काे आयाेजना गर्ने भएको छ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय महासचिव दिपक कार्किका अनुसार नेपालको केन्द्रिय धाम श्रीनवतनधाम, काठमाडौमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, केन्द्रीय समितिद्वारा आयोजित “स्वस्थ्य जीवनशैली” विषयमा आधारित प्रस्तुतिकरण कार्यक्रम आयोजना गर्ने र कार्यक्रममा देशभरिका जिल्ला समिति र सबै जिल्ला अन्तर्गत रहेका प्रारम्भिक समितिहरुलाई सहभागीतालाई अनुरोध गरेका छन। साथै त्यसौ दिन “श्रीकृष्ण प्रणामी भित्ते पात्राेकाे विमाेचन कार्यक्रम”काे समेत आयाेजना गरिएको बताए

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ