“नेपाली श्रमिक पीडामा,रेमिटेन्सको मूल्यमा दूतावासको रमझम” :- श्यामराज तिमल्सिना

कोरिया /वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हजारौँ नेपाली श्रमिकले पसिना बगाएर मातृभूमिमा अर्बौँ रुपैयाँ पठाइरहे पनि उनीहरूको पीडा सुन्ने र समस्याको समाधान गर्ने कुनै सम्बद्ध निकायको चासो देखाएको छैन। आफ्नै देशको दूतावासले समेत आवश्यक सहयोग नगरेको भन्दै कोरियामा कार्यरत नेपाली श्रमिकहरू आक्रोशित भएका छन्।

कोरियामा कार्यरत नेपालको पहाडी भुवाग  नुवाकोट जिल्लाका श्यामराज तिमिल्सिनाले नेपाली दूतावासका कर्मचारीहरूलाई आफ्नो कर्तव्यप्रति संवेदनशील नभएको आरोप लगाएका छन्। दूतावासमा रहेका नेपाली कर्मचारीहरूले कोरियाको तलब खान्छन्, तर काम भने नेपालमै झैँ ढिलासुस्ती गर्ने गर्छन्, उनले भने, हामी श्रमिकलाई सहयोग गर्न आएका उनीहरू आफ्नै राजनीतिक गुटउपगुट भेटघाटमा व्यस्त हुन्छन हाम्रो समस्या सुन्ने समय नै उनिहरुमा छैन।

श्यामराजका अनुसार, कोरिया स्थित नेपाली दूतावासमा कामदारहरूले सहयोग खोज्दा पनि उपेक्षा गर्ने प्रवृत्ति छ। हामीले दश पटक फोन गरेपछि बल्ल एक पटक फोन उठाउँछन्, उठाए पनि झर्किन्छन्, उनले गुनासो पोखे। कोरियामा करिब ७० हजार नेपाली श्रमिक कार्यरत छन्, तर उनीहरूका समस्यामा नेपाल सरकारले कुनै चासो नदेखाएको उनी बताउँछन्।

अर्को गम्भीर मुद्दा नागरिक पेन्सनको हो। कोरियामा कार्यरत अधिकांश विदेशी श्रमिकले कोरियन सरकारबाट नागरिक पेन्सन प्राप्त गर्छन्, तर नेपाली श्रमिकहरू भने सो सुविधा पाउनबाट वञ्चित छन्। नेपाल सरकारले पहल नगरेकाले कोरियामा रहेका नेपालीहरूले यो सुविधा पाउन सकेका छैनन्, श्यामराज भन्छन्, हाम्रो पसिनाको मूल्य सरकारले बुझ्न जरुरी छ।

“कोरिया मा कडा परिश्रम, न्यून सम्मान”

श्यामराजका अनुसार नेपालमा व्यवसाय तथा सेयर बजारमा घाटा बेहोरेपछि रोजगारीका लागि कोरिया गएका थिए। हाल उनी बाथटब निर्माण तथा वालपेपर टाँस्ने काममा संलग्न छन्। यहाँ कोरियन श्रमिकले जति तलब खान्छन्, त्यसको दोब्बर मिहिनेत गर्नुपर्छ, उनले भने, नेपालमा सरकारी कर्मचारीले ५० हजार तलब खाएर १० हजारको काम पनि गर्दैनन्, तर यहाँ २ लाख तलब पाउन चार लाख बराबरको काम गर्नुपर्छ। त्यसैले त यो देश विकास भएको छ नि ! श्रमिकको पारिश्रमिकलाई नमारेपछि काम पनि रफ्तारमा हुन्छ।

कोरियामा समयपालनाको सख्त नियम छ। बिहान ९ बजे काम सुरु गर्नु छ भने ८:४० मा नै उपस्थित हुनुपर्छ, श्यामराजले भने तर, हाम्रो दूतावासमा काम गर्ने कर्मचारीहरू भने नेपाली समयअनुसार नै ढिलो गरिरहन्छन्।

कोरियाबाट ठूलो मात्रामा रेमिटेन्स नेपाल भित्रिरहे पनि सरकारले यसको सही व्यवस्थापन गर्न सकेको छैन। कोरियामा हुन्डी (अनौपचारिक माध्यम) को कारोबार व्यापक छ, तर दूतावासले यसलाई नियन्त्रण गर्न कुनै प्रयास गरेको छैन, श्यामराजले बताए।  हाम्रो तलब काटेर सरकारले कर त लिन्छ, तर हामीले पठाएको रेमिटेन्सलाई व्यवस्थित गर्ने नीति बनाएको छैन।

कोरियामा काम गर्ने नेपाली श्रमिकले अत्यन्त कठिन परिस्थितिको सामना गर्नुपर्छ। चिसो मौसमका कारण नेपाली श्रमिकको हृदयाघातका कारण मृत्यु हुने दर बढ्दो छ। हप्तामा दुई जनासम्म ज्यान गुमाइरहेका छन्, तर दूतावासका कर्मचारीहरू भने यसलाई हेलचक्र्याइँ गर्छन्, श्यामराज भन्छन्, हाम्रो मृत्युलाई जाड खाएर मरेको भनेर पन्छाइन्छ।

श्यामराजले पाँच वर्षमा झण्डै ७० लाख रुपैयाँ रेमिटेन्स पठाइसकेका छन्। तर, नेपाल फर्किएर केही गर्ने सोच राख्दा पनि असहज महसुस हुने उनी बताउँछन्। नेपाल फर्किएर केही गरौँ जस्तो लाग्छ, तर यहाँ फर्किनु भन्दा यहीँ काम गर्नु नै राम्रो भन्ने सोच आउँछ, उनले भने, सरकारले सीप लिएर फर्किएकाहरूलाई उचित अवसर दिन सकेको छैन।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को भूमिकाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। एनआरएनएले श्रमिकहरूका लागि केही गर्दैन, बरु उनीहरूकै पैसाबाट आफ्ना कार्यकर्तालाई खुवाउने काम गर्छ, उनले भने।

•श्यामराज सरकारसँग प्रश्न गर्न चाहन्छन्, हामीले विदेशमा दुःख गरेर पठाएको रेमिटेन्सबाट देशले कति फाइदा लिएको छ ? सरकारले हाम्रो लागि के गरिरहेको छ ?

कोरियामा हजारौँ नेपाली श्रमिक आफ्नो जीवन खतरामा राखेर काम गरिरहेका छन्। तर, उनीहरूको श्रमको उचित कदर गर्ने नीतिको अभावले उनीहरू निराश भएका छन्। सरकार, दूतावास, र सम्बन्धित निकायहरूले यथाशीघ्र यी समस्याहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ।

र अन्त्यमा अहिले रहनु भएको महामहिम राजदुत डा शिवमाया तुम्बाबे प्रति नेपालि कामदार निकै आशा बादि रहेको र पाटि सस्थां प्रति भन्दा पनि मजदुर को समस्या समाधान प्रति जोड दिनु हुन समेत सुझाव दिन चाहानु हुन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ