श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले गर्‍यो”स्वस्थ्य जीवनशैली” बिषयमा आधारित प्रस्तुतिकरण तथा वार्षिक क्यालेन्डर विमोचन

काठमाडौ / श्री कृष्ण प्रणामी युवा परिषद नेपालकाे आयाेजनामा यहि मिति २०८१ चैत १५ गतेका दिन स्वस्थ्य खानपान, स्फूर्त जीवनशैली बिषयक गाेष्टी तथा परिषदले हरेक बर्ष प्रकाशन गर्ने बार्षिक क्यालेन्डर-२०८२ काे बिमाेचन कार्यक्रम भब्य समाराेहवीच नवतनधाममा सम्पन्न भएकाे हो ।

नेपालको केन्द्रिय धाम श्री नवतनधाम सेवा केन्द्रकाे ३०ओै बार्षिकका अवसरमा आयाेजित १०८ पाठ पारायणकाे छैटाै दिन नवतनधामका महन्त १०८ पुरुषाेत्तम महाराजबाट उद्घाटन गरिएकाे थियाे ।

प्रशिक्षक डा. बि पी तिमल्सिनाबाट उपचारकाे पहिलाे हस्पिटल उपचार केन्द्र आफ्नाे भान्सा भएकाेले बिरामी नहुनेगरि खानपानमा सावधानी अपनाई स्वास्थ्यकाे ख्याल गर्न र भान्साबाटै खानपानलाई ब्यवस्थित गरिदिई स्वस्थ्य रहन सहभागिलाई अनुराेध गर्नुभयाे । त्यस्तै अर्कावक्ताले ब्यस्त मानिसकाे जीवनशैलीले पैदा गर्ने तनाव र यसकाे ब्यवस्थापन बारे प्रशिक्षण दिनुभएकाे थियाे । महन्त तथा गरुजनले परिषदकाे कार्यक्रम आयाेजन उत्कृष्ट भएकाे र युवा राष्ट्रका संवाहक अनि प्रणामी समाजका युवा सेवाकर्ता र दुर्ब्यसन त्याग्दै सबल सभ्य समाज निर्माणका आधार भएकाे बताउनुभयाे।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे नव निर्वाचित समितिका उपाध्यक्ष भिम बगालेले स्तुति गायन र अर्का उपाध्यक्ष शुशीला ढकालले कार्यक्रमका प्रमुख अतिथी, गुरुजन लगायतलाई स्वागत गर्नुभएकाे थियाे । युवा परिषदका अन्य पदाधिकारी सदस्या , प्रदेश, जिल्ला तथा प्रासबाट समेत उल्लेख्य सहभागिता रहेकाे थियाे ।

नवतनधाम सेवा केन्द्रकाे वार्षिकि सहित समापन हुने १०८ पाठ पारायण बाईजुराज महिला समितिकाे हाजीरी जवाफ, धर्मका प्रख्यात गुरु महाराजकाे कथा प्रवचन , बिहानी याेग शिविर चितवनी तथा सुमधुर वाणी गायन साथै उत्कृष्ट भजन नृत्य र झाँकी लगायतका कार्यक्रमहरु भईरहेका छन् । लाखाै भक्त सुन्दरसाथबाट सहभागिता र दर्शनार्थीद्वारा अवलाेकन गरिएकाे कार्यक्रम मन्दिरकाे शाेभाका रुपमा लिईएकाे छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे नव निर्वाचित समितिका महासचिव दिपक कार्कीले कार्यक्रमकाे सञ्चालन गर्नुभएकाे थियाे भने युवा परिषदबाट सञ्चालित विशेष कार्यक्रम अध्यक्ष काैशल फुँयालकाे सभापतित्वमा सम्पन्न भएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ