ध्रुवराज शास्त्री
काठमाडौं / श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल केन्द्रिय समितिको आयोजनामा मिति २०८१ चैत्र ११ मा बाइजुराज महारानीको प्राकट्य महोत्सवको उपलक्ष्यमा महिलाहरूको आध्यात्मिक बौद्धिक क्षमता अभिबृद्धि गर्ने हेतुका साथ नेपालको केन्द्रिय धाम श्री नवतनधाममा राष्ट्रिय व्यापी हाजिरीजवाफ कार्यक्रम सम्पन्न गरेको छ।
फागुनको पहिलो हप्तादेखि नै आफ्नो मातहतका जिल्लाहरूमा पहिलो चरणको प्रतियोगिता सम्पन्न गरी हालै दशवटा जिल्लालाइ सहभागी गराई अन्तिम चरणको प्रतियोगिता सम्पन्न गरेको हो । समितिका अधयक्ष श्री मीरा सञ्जेलको अध्यक्षतामा भएको पुरै कार्यक्रम श्री नवतनधामको facebook page बाट प्रत्यक्ष प्रशारण गरिएको थियो।
कार्यक्रममा श्री नवतनधामका गादिपति बाबाजी श्री १०८ अमृतराजजी महाराज, महन्त श्री १०८ पुरुषोत्तमजी महाराज, धर्मधाम जिरौनाका गादिपति १०८ श्री राजेन्द्र दासजी महाराज, निजानन्द धाम नजरपुरधामका गादिपति श्री १०८ सुरेन्द्र दासजी महाराज, टिकौली मन्दिरका महन्त श्री कृष्ण मंगलम महाराज जनार्दन शास्त्री महाराज, विदुशी प्रचारिका श्री मालती ओझा लगायत सुवास शास्त्री, कृष्ण प्रसाद खतिवडा र धेरै भक्त सुन्दरसाथको बाक्लो उपस्थिति रहेको थियो। श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र नवतनधाम व्यवस्थापन समितिका संयोजक श्री श्याम केशी लगायतले सँस्थागत प्रतिनिधित्व जनउँदै मन्तब्य दिनुभएको थियो।
प्रतियोगितामा बाईजुराज महिलासमिति काठमाडौं जिल्ला प्रथम, ललितपुर बाइजुराज समिति दोस्रो र मकवानपुर तेस्रो साथै झापा जिल्लाले सान्त्वना स्थान हासिल गरेको थियो । सहभागी अन्य जिल्लाहरूमन भक्तपुर, काभ्रे, रौतहट, बर्दिया, सुन्सरी, ताप्लेजुङ रहेका थिए । सबै जिल्लामा समन्वय गरी सुन्दर कार्यक्रम लगायत प्रश्नेतरी सोध्ने काम बाईजुराज महिलासमितिकी महासचिव श्री सविता सापकोटाले गर्नु भएको थियो प्रस्न बनाउने काम धर्म प्रचरिका बिदुषी मालती ओझा र शारदा अधिकारीले गर्नु भएको थिया ।
विजेता जिल्लालाई क्रमश रू५०००, ३०००, २००० र १००० नगद प्रमाणपत्र र प्रेमोपहार साथै प्रतियोगीहरूलाई पनि पुरस्कार र प्रमाणपत्र प्रेमोपहार सबैलाई प्रदान गरिएको थियो। सम्पुर्ण पुरस्कारको प्रायोजन बाईजुराज महिला समिति अध्यक्ष श्री मिरा सञ्जेलले गर्नुभएको थियो। नगद राशीको प्रायोजन युवा परिषद नेपालका पुर्व अध्यक्ष श्री बद्री बहादुर कार्कीले गर्नुभएको थियो थियो।
कार्यक्रममा उपस्थिति जनाएर हौसला प्रदान गर्नुहुने पुरस्कार प्रायोजन गर्नुहुने सबैलाई केन्द्रिय समिती ले आभार प्रकट गरेको छ।
श्रीकृष्ण प्रणामी मन्दिर श्रीनवतनधामको ३०औं वार्षिक महोत्सव समारोह मिति २०८१ साल चैत १० गतेदेखी १६ गतेसम्म आयोजना भएको श्री १०८ तारतम सागर पाठ पारायण, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिलाइ जिम्मा दिएको थियो।
१०८ ब्रह्मबाणीको पाठ पारायण श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितीको इकाइ जिल्ला र केन्द्रीय पदाधिकारी लगायत सम्पुर्ण महिला सुन्दरसाथजीको ठूलो साथ सहयोगले सम्पन्न भएको थियो।

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितीको उपाध्यक्ष श्री शारदा अधिकारीको सयोजकत्वमा रहेको उक्त श्री १०८ पाठ पारायण सुन्दर अतिनै प्रेममय आनन्दमय वाताबरणमा सम्पन्न भएको हो। श्री १०८ पाठ पारायणमा सहभागी भइ पाठ पढ्नेमा केन्द्रको बाट पस्चिमान्चल उपाध्यक्ष श्री लीलवती थारू , सदस्य श्री निर्मला थापा र श्री भवानी हुमागाइ हरुको सहभागी थियो। ब्रह्ममुनी ज्युहरुले हर्षोल्लासका साथ १०८ ब्रह्मबाणीको पाठ पारायण सम्पन्न गराउनु भएकोमा सम्पुर्ण १०८ ब्रह्ममुनीज्यु हरुलाइ कोटी कोटी नमन प्रणामका साथ श्रीकृष्ण प्रणामी सेवा समिति मातहत श्रीकृष्ण प्रणामी मन्दिर श्रीनवतनधामको व्यबस्थापक गुरुजनले श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिलाइ १०८ ब्रह्मबाणीको पाठ पारायण सम्पन्न गराउनु जिम्मा दिनु भएकोमा अभार ब्यक्त गरेको थियो।
मिति २०८१ साल चैत १३ गतेका दिन श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितीले १ दिनको भोजनसेवा रु एक लाख एक हजार प्रदान गरेको थियो। समितिकी अध्यक्ष श्री मीरा सन्जेल (खतिवडा) नि. वर्तमान अध्यक्ष श्री शारदा शर्मा उपाध्यक्ष सुनिता रिमाल महासचिव सविता सापकोटा कोषाध्यक्ष किरण दाहाल सहकोषाक्ष भानु प्याकुरेल सदस्य जमिला पोखरेल गमला रिजाल बन्दना बजगाईका साथै बाईजुराज महिला समिति काठमाडौं जिल्ला इकाई बाईजुराज महिला समिति ललितपुर जिल्ला इकाइ बाईजुराज महिलासमिति भक्तपुर इकाइ जिल्ला काभ्रे जिल्ला इकाइ १०८ ब्रह्मबाणीको पाठ पारायणमा ब्रह्ममुनीज्युहरु खोजी पठाइदनु भइकोमा अभार तथा धन्यवाद ब्यक्त गरेको थियो।


सबैको साथ सहयोगले श्रीकृष्ण प्रणामी मन्दिर श्रीनवतनधामको ३०औं वार्षिक महोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालका उपाध्यक्ष तथा प्रचारप्रसार विभाग प्रमुख शारदा अधिकारी ले जानकारी दिईन ।










