सन्तोष बजगाई
बनेपा/काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ नयाँवस्तीमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर बनेपाको २९ औ वार्षिकोत्सव मिति २०८२ साल बैशाख १३ दिन नगर परिक्रमा सहित कलश शोभा यात्रा झाकी सहित कार्यक्रम सुरु भएको हो।

नेपालको केन्द्रिय धाम श्री नवतनधामका गादिपती बाबाजी सन्त श्री १०८ अमृतराजजी महाराजजी को उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
मिति २०८२ साल बैशाख १३ देखी १९ गते सम्म श्रीकृष्ण प्रणामी धर्मका विद्वान धर्मप्रचारक युवा कथाकारद्वय पण्डित श्री प्रह्लादराज शास्त्री ज्यु बाट श्रीमद्भागवत श्रीकृष्ण कथाको रसास्वादन गराउनु हुनेछ भने पण्डित घनश्याम शास्त्री श्रीमत तारतमसागर ब्रह्मवाणी कथावाचन हुनेछ। भने श्रीमत तारतमसागर ब्रहमवाणी पाठ पण्डित उदयराज शास्त्री ज्युले गर्नुहुनेछ। भने संगीतमा शास्त्री सुवास घिमिरे र पुरुषोत्तम घिमिरेले गर्नेछन।
कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्मप्रचारिका माता गोपिनी सापकोटा, माता लक्ष्मी सापकोटा, माता रिता अधिकारी श्रीकृष्ण प्रणामी सेवा समिती नेपालका केन्द्रिय सदस्य रमेश लामिछाने बागमती प्रदेश संयोजक रेवती प्रसाद सापकोटा लगायत काभ्रे जिल्ला सेवा समिती उपाध्यक्ष बलराम बजगाई, केदारनाथ तिमल्सिना लगायत इकाई समितिका पदाधिकारीहरु भक्तपुर जिल्ला अध्यक्ष टिपि उप्रेती, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य उद्घव प्रसाद तिमल्सिना काभ्रेपलान्चोक जिल्ला अध्यक्ष प्राणनाथ सापकोटा लगायत सम्पुर्ण प्रारम्भिक समितिका पदाधिकारीहरु श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक जिल्ला अध्यक्ष सरिता सापकोटा लगायत सम्पुर्ण इकाईका पदाधिकारीहरुको बाक्लो उपस्तिथि थियो। कार्यक्रममा विश्व हिन्दु महासङ्ग का केन्द्रिय उपाध्यक्ष उद्धव प्रसाद नेपाल नेपाल ज्योतिष परिषद नेपाल बागमती प्रदेश अध्यक्ष विष्णु प्रसाद तिमल्सिना प्राणनाथ माईती वृद्धआस्रमका सस्थापक अध्यक्ष रघुनाथ तिमल्सिना लगायत विभिन्न तह-तपक्का रहनु हुने सम्पुर्ण भक्त सुन्दरसाथहरुको बाक्लो उपस्थिती रहेको थियो।
वार्षिकोत्सवको अवसरमा हरेक दिन सेवा पुजा, कथा प्रवचन, भजनकिर्तन सहित विविध कार्यक्रमहरु आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिति बनेपाका सचीव उद्वब प्रसाद तिमल्सिनाले जनाकारी दिए। भने कार्यक्रम श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिति बनेपाका अध्यक्ष हरिप्रसाद पराजुली को सभापतित्वमा सम्पन्न भएको थियो।













