संरक्षित जनावरको छाला, दाँतसहित एक व्यक्ति धुलिखेलबाट पक्राउ

धुलिखेल, काभ्रे — संरक्षित वन्यजन्तुको अवैध आखेटोपहार ओसारपसारमा संलग्न एक व्यक्तिलाई प्रहरीले काभ्रेको धुलिखेलबाट पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), लाजिम्पाट काठमाडौंबाट खटिएको टोलीले धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी चोकबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती व्यक्ति झोलामा आखेटोपहार बोकी शंकास्पद रूपमा हिँडिरहेका थिए। सुराकीका आधारमा प्रहरीले निगरानी बढाएको थियो, र बाँसघारीबाट धुलिखेलतर्फ जाँदै गरेका बेला उनलाई समातिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले झोलाभित्र लुकाइएका वन्यजन्तुका अंगहरु — छाला, दाँत र जुँगा — राखेर ओसारपसार गरिरहेको पुष्टि भएको छ। ती अंगहरू धुलिखेल नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने छापगाउँ क्षेत्रबाट लुकाइछिपाई ल्याइएको

संरक्षित वन्यजन्तुको अंगहरूको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

नेपालमा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत संरक्षित प्रजातिका जनावरहरूको अंग ओसारपसार तथा व्यापारलाई गम्भीर अपराध मानिन्छ र यसमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याइने जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ