बनेपा / काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर बनेपा नयाँबस्तिको २९ औं बार्षिकोत्सवको अवसरमा मिति २०८२ साल बैशाख १३ गतेदेखी १९ गतेसम्म आयोजित श्रीमत तारतमसागर ब्रह्मवाणी एवं श्रीमद्भागवत महापुराणं साप्ताहिक ज्ञानमहायज्ञ कार्यक्रम तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई समिती बनेपाका पदाधिकारीहरु बाट केही रकम संकलन गरि कार्यक्रम मार्फत संकलित खाद्यान्न धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुमा रहेको मानव कल्याण समाजमा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी समाजका विद्वान धर्मप्रचारक पं.शास्त्री धनश्याम अधिकारी श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती बनेपाका अध्यक्ष हरिप्रसाद पराजुली, उपाध्यक्ष प्रकाश अधिकारी, सचिव उद्धवप्रसाद तिमल्सिना, कोषाध्यक्ष रामशरण राउत, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रिय सदस्य उद्धव प्रसाद तिमल्सिना,श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिती बनेपाका अध्यक्ष दिननाथ तिमल्सिना, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपाल इकाई समिती बनेपाकि अध्यक्ष अनिता गौतम लगायतले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन ।










