अखिल नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न




काभ्रे, वैशाख २७ – अखिल नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ। सम्मेलन महासंघका केन्द्रिय इन्चार्ज क. दिपक कोइरालाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रिय महासचिव अञ्जन धमला, नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला अध्यक्ष क. भोला अर्याल, महासंघका प्रदेश अध्यक्ष गोविन्द धिमिरे, केन्द्रिय सचिव धनकुमार मैनाली (अभिलाष), केन्द्रिय सचिवालय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज मानविर वाइबा लगायतको विशेष उपस्थित रहेको थियो।

सम्मेलनबाट निम्नानुसार नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ:

अध्यक्ष: निमा लामा (वीरेन)

उपाध्यक्षहरू: संजय लामा, बुद्धि बहादुर लामा, निर्मला तामाङ

सचिव: तिर्थ बहादुर लामा

सह–सचिवहरू: बिक्रम लामा, इन्द्र बहादुर तामाङ

कोषाध्यक्ष: विवेक लामा

लगायत जम्मा ४५ सदस्यीय कार्यसमिति गठन गर्दै सम्मेलन सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, नेतृत्व तथा खेलाडी, युवा साथिहरूप्रति आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ