विद्यार्थीलाई चुरोट र सुर्तिजन्य पदार्थ बिक्रि नगर्न प्र अ गोविन्द शर्माको अपिल

बेथानचोक / काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउपालिका वडा नम्बर २ ढुंखर्कमा अवस्थित श्री पार्वती मा.वि का विद्यार्थीलाई चुरोट र सुर्तिजन्य पदार्थ बिक्रि नगर्न प्र अ गोविन्द शर्माले अपिल गरेका छन।

शर्माका अनुसार “आदरणीय पसल व्यवसायी महानुभावहरु विद्यालय पोशाक लगाएर विद्यालय हिंडेको विद्यार्थीलाई चुरोट, सुर्ती र खैनी नबेची दिनु हुन हार्दिक अनुरोध गर्दछु । त्यो विद्यार्थीलाई हजुरले आफ्नो छोरा छोरी जस्तै सम्झि दिनुहुन हार्दिक अनुरोध गर्दछु ।”

कतिपय १२,१३ बर्ष माथि उमेर समुहको बालबालिकाहरू साथिभाइ को लहलहैमा चुरोट, सुर्ती र खैनी जस्ता अम्मलमा फसेको पछिल्लो तथ्याङ्क ले जनाएको छ। यस बाट वेथानचोकको पनि यो उमेर समूहका बालबालिका अछुतो रहन सकेन। पहिलो चरणमा विध्यालयमा बिषयगत शिक्षकले त्यसबाट हुने हानीको बिषयमा अध्यापन गराएका थिय। भने पार्वती मा वि गेल्डुङमा यस सम्बन्धि बेलाबेलामा सचेतना अभियान नै सन्चालन गरिरहेको छ। यद्यपि यसलाई शुन्यतामा ल्याउन नसकेको कारण यसको लागि व्यापारि वर्ग, अभिभावकहरू सहितको सरोकारवालाहरूको पनि सहयोग को खाँचो देखिन्छ। त्यसैको लागि सामाजिक संजाल मार्फत आव्हान गरिएको पार्वती मा वि का प्र अ गोविन्द शर्मा बताउनुहुन्छ। सामाजिक संन्जाल मात्र नभई स्थानीय चोकहरूमा सुचना समेत जारि गर्ने बताउनु भयको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ