लाईन्स क्लब इन्टरनेशनल ३२५ आईको तीन दिने क्याबिनेट अफिसर्स स्कुलिङ सम्पन्न

धुलिखेल, लाईन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आईले “Serve, Lead and Rise” भन्ने नारासहित तीन दिने District Cabinet Officer’s Schooling कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काभ्रेको धुलिखेलस्थित सारथी होटलमा २०८२ साल बैशाख २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको हो।

कार्यक्रमको उद्घाटन डिष्ट्रिक्ट गर्भनर लायन विनोद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लाईन्स इन्टरनेशनलका International Director लायन बालकृष्ण बुर्लाकोटी तथा विशिष्ट अतिथिका रूपमा Past International Director लायन सञ्जय खेतान, पोखरा महानगरपालिकाका मेयर तथा PDG लायन धनराज आचार्य, र LCIF Area Leader लायन राजन लम्साल उपस्थित थिए।

अन्य अतिथिहरूमा PDG इन्दु लम्साल, PCMC लायन मनबहादुर रोका, PDG राम बहादुर बसेल, IPDG चन्द्र कुमार केसी र लायन वर्ष २०२५/२६ का डिष्ट्रिक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा International Motivational Speaker डा. बीपी रेग्मी, मोटिभेटर तथा मिस नेपाल २००५ सुगरिका केसी, योग गुरु डा. आचार्य प्रकाश, तथा Region Chairperson लायन चुडामणि सुवेदी लगायतले प्रशिक्षण सत्रहरू संचालन गरेका थिए। साथै, पूर्व डिष्ट्रिक्ट गर्भनरहरूबाट समेत कार्यदिशाबारे मार्गदर्शन दिइएको थियो।

तीन दिने कार्यक्रममा २५४ जना District, Region, Zone र Club पदाधिकारीहरूको सक्रिय सहभागिता रह्यो।

डिष्ट्रिक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, वातावरण र कृषि क्षेत्रमा विशेष ध्यान दिने बताउँदै, बालबालिका, महिला र युवालाई लक्षित कार्यक्रमहरू संचालन गरिने जानकारी दिनुभयो। उहाँले हाल ३२५ आईमा २६६ क्लबहरू सक्रिय रहेको र आगामी वर्ष थप १०० भन्दा बढी क्लब विस्तार गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।

District Chief लायन अनुज श्रेष्ठले लाईन्स क्लबले सेवा र नेतृत्वको प्रभावशाली मिसन अघि सारेको उल्लेख गर्दै सबै सदस्यलाई सक्रिय र निस्वार्थ भावनाले सेवा गर्न आह्वान गर्नुभयो।

कार्यक्रमको समापनमा IPDG लायन चन्द्र कुमार केसीले यही जेठ २७ गते काठमाडौंको प्रज्ञा भवनमा हुने मल्टिपलको निर्वाचनमा लायन राजन लम्साललाई ३२५ आईबाट शतप्रतिशत मत दिन आग्रह गर्नुभयो।

डिष्ट्रिक्ट ३२५ आईले विगतमा जस्तै आगामी वर्षमा पनि नयाँ रेकर्ड कायम गर्ने विश्वास डिष्ट्रिक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले व्यक्त गर्नुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ