श्रीकृष्ण प्रणामी युवा परिषद काभ्रेले गर्‍यो अग्नि पिडितलाई सहयोग

काभ्रेपलान्चोक / श्री कृष्ण  प्रणामी युवा परिषद  नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका ५ सिद्धान्त मध्ये “जहाँ विपत त्यहा युवा परिषद” भन्ने मुल नारालाइ आत्मसात गर्दै धुलिखेल नगरपालिका वडा नम्बर २ रविका अग्नि पीडित सन्तोष गौतमलाइ शनिबार नगद रु १११०० सहयोग  गरेको हो।

विगतमा मिति २०८२ बैशाख  ९ गते राती २ बजे सन्तोष गौतमको गोठमा आगोलागी भई ६ वटा गाइ मरेको र अन्य घाइते भई ठूलो क्षति पुगेको पिडित ले जनाएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ