कोरिया/ विभिन्न शैक्षिक तथा संस्थागत कार्यक्रमहरूको सिलसिलामा हाल दक्षिण कोरियाको भ्रमणमा रहनुभएका नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपति ज्युहरूप्रति गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरिया ले सम्मान, परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।
दक्षिण कोरियाको राजधानी सउलमा आयोजित उक्त कार्यक्रम मार्फत निम्न विशिष्ट शैक्षिक व्यक्तित्वहरू लाई सम्मान गरिएको छ:
प्रा. डा. हेमराज पन्त – उपकुलपति, सुदूरपश्चिम विश्वविद्यालय
प्रा. डा. शीलु मानन्धर बज्राचार्य – उपकुलपति, नेपाल खुला विश्वविद्यालय
प्रा. डा. धु्रव कुमार गौतम – उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय
प्रा. डा. विजय कुमार थापलिया – उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय
उहाँहरूसँगको अन्तरक्रियाले कोरियामा रहेका नेपाली समुदाय तथा विद्यार्थीहरूलाई नेपालका विश्वविद्यालयको वर्तमान अवस्था, नीति तथा सम्भावनाबारे प्रत्यक्ष बुझ्न प्रेरणा दिएको छ । एनआरएनए दक्षिण कोरिया उहाँहरूप्रति आभार प्रकट गर्दै यस्ता अवसरले दुई देशका शैक्षिक सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको NRNA NCC Korea का उपाध्यक्ष श्याम राज तिमिल्सिना ले हामिलाई जानकारी दिएका छ्न।












