“भुग्देउमा यात्रुबस दुर्घटना: एकको मृत्यु, तीन घाइते”

बेथानचोक / पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउतर्फ जाँदै गरेको यात्रुबस भुग्देउस्थित दर्केखोलामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पनौतीबाट यात्रु लिएर भुग्देउ गइरहेको बसमा दुर्घटनाको समयमा केवल पाँचजना यात्रु मात्र थिए। दुर्घटनामा परी ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिए।

घाइतेहरूमा बस चालकको खुट्टामा चोट लागेको छ। त्यस्तै, मृतक कृष्णकुमारी तिमल्सिनासँगै रहेकी उनका १ वर्षीया नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ भने उनकी बुहारी सगिता आचार्य तिमल्सिनाको खुट्टामा चोट लागेको छ।

घाइतेहरूको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। स्थानीय अनिल तामाङका अनुसार प्रहरी टोली र बिरामीहरू लिनका लागि एम्बुलेन्स घटनास्थलतर्फ आइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ