काभ्रेपलान्चोक/ जेठ ३१ — श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, बागमती प्रदेश समितिको आयोजनामा आज काभ्रे जिल्लाको पनौती नगरपालिका–१२, कलातीमा अवस्थित श्री इन्द्रादेवी आधारभूत विद्यालयका ८१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।

परिषद्को सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले सञ्चालित यस कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको विद्यालय प्रशासनले जनाएको छ।
पोशाक वितरण कार्यक्रमको प्रमुख अतिथि पनौती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जयराम केसी रहनु भएको थियो भने विशेष अतिथिका रूपमा परिषद्का केन्द्रीय महासचिव दीपक कार्कीको उपस्थिति रहेको थियो। त्यस्तै, परिषद्का केन्द्रीय सदस्य उद्धवप्रसाद तिमल्सिना, राधेश्याम गजुरेल, बागमती प्रदेश समितिका प्रतिनिधिहरू, काभ्रेपलान्चोक जिल्ला अध्यक्ष प्राणनाथ सापकोटा सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रे र बाईजुराज महिला समितिका पदाधिकारीहरू, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा परिषद्का प्रदेश अध्यक्ष सुरज खड्काले यस्ता सामाजिक कार्यहरू भविष्यमा पनि निरन्तर रुपमा सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।










