बेथानचोक गाउँपालिकाले सार्वजनिक गर्‍यो ६४ करोड ७३ लाखको बजेट

बेथानचोक/ काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड ७३ लाख ५ हजार २ सय ४३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाले यही असार १० गते बसेको गाउँसभाबाट उक्त बजेट प्रस्तुत गरेको हो। बजेटमा प्राथमिकता प्राप्त क्षेत्रहरूमा भौतिक पूर्वाधार विकास,यातायात, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सुशासन र डिजिटल प्रविधिको प्रवर्द्धनलाई विशेष जोड दिइएको छ।

गाउँपालिकाले सन्तुलित, समावेशी र दिगो विकासको मार्गदर्शनलाई ध्यानमा राख्दै स्रोत साधनको अधिकतम उपयोग गर्ने नीति लिएको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम मा आन्तरिक आम्दानी वृद्धि गर्ने र संघ तथा प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने योजना समेत समावेश गरिएको छ। भने उपाध्यक्ष तारा राना तिमल्सिनाले बजेट प्रस्तुत गर्नुभएको थियो।

स्थानिय विकासलाई गति दिने उद्देश्यले तयार पारिएको सो बजेटलाई गाउँसभा सदस्यहरूले बहसपछि बहुमतले पारित गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ