पनौतिमा एक्लै भएकी महिलामाथि छिमेकी परिवारले निर्घात कुटपिट

पनौती (काभ्रे), असार १० —
पनौती नगरपालिका–४ टौखालमा एकजना महिलामाथि छिमेकी परिवारद्वारा गरिएको सामूहिक कुटपिटको घटना सार्वजनिक भएको छ। स्थानीय सरस्वती राउतमाथि आज बिहान छिमेकी राजु श्रेष्ठ र उनको परिवारले हातपात गरी गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ।

एक्लै भएको समयको मौका छोपी श्रेष्ठ परिवारको समूहले राउतमाथि आक्रमण गरेको बताइएको छ। घटना पछि राउतलाई तत्काल शिर मेमोरियल अस्पतालमा लगिएको थियो। चिकित्सकीय परीक्षणपछि अवस्था गम्भीर देखिएपछि थप उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पतालको आइसियुमा सारिएको हो। हाल उनको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ।

पीडित पक्षका अनुसार घरअगाडि रहेको साँघुरो गोरेटो बाटोमा हिलो भएकाले सरस्वती राउतले इँटा राखेकी थिइन्। तर उक्त इँटा छिमेकी श्रेष्ठ परिवारले हटाइदिएपछि सामान्य सोधपुछकै क्रममा उनीमाथि हातपात भएको हो। “किन हटाएको भनेर दिदीले सोध्नुभएको थियो, त्यसैले आक्रोशित भएर कुटपिट भयो,” पीडित पक्ष  को भनाइ छ।

घटनापछि राजु श्रेष्ठको नाममा प्रहरीमा निवेदन दिइएको छ। हामिले घटना बारे बुज्न फोन गर्दा  हालसम्म सम्पर्कबाहिर रहेको  छ। प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ भने पीडित पक्षले निष्पक्ष छानबिन र दोषीलाई तत्काल कारबाहीको माग गरेको छ।

घटनापछि स्थानिय स्तरमा आक्रोश फैलिएको छ। समाज एक्लै भएको मौका मा  महिलामाथि परिवार नै समूहमा आएर कुटपिट गर्नु निन्दनीय भएको स्थानीयवासीहरूको भनाइ छ। “सामान्य बाटोको हिलो हटाउने कामलाई लिएर यस्तो हिंसा हुनु कुनै हालतमा स्वीकार्य हुँदैन,” स्थानीय बुद्धिजीवीले बताएका छन्।

यस घटनाले एकातिर महिला सुरक्षाको अवस्था उजागर गरेको छ भने अर्कोतर्फ कानुनी संयन्त्रको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ