काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउँपालिका–२, साविक ढुंखर्क वडा नं. ८ मा वि.सं. २०४३ सालमा पिता इन्द्रबहादुर तिमल्सिना र माता केशरी तिमल्सिनाको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिनु भएका राजेश तिमल्सिना हाल बेथानचोक गाउँपालिकामा अवस्थित एकमात्र विश्वविद्यालय तहको शैक्षिक संस्था — पार्वती बहुमुखी क्याम्पस — का क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिरहनु भएको छ। शिक्षा तथा समाज सेवामा समेत सक्रिय तिमल्सिना एक प्राज्ञिक एवं बौद्धिक व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ।
उहाँले प्रारम्भिक शिक्षा श्री पार्वती माध्यमिक विद्यालय, ढुंखर्क बाट प्राप्त गर्नुभयो र वि.सं. २०५९ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गर्नुभयो। त्यसपछि वि.सं. २०६१ मा प्रविणता प्रमाणपत्र (I.A.) सक्नुभएका तिमल्सिनाले त्रिभुवन विश्वविद्यालय अन्तर्गत एजुकेशन क्याम्पस, तीनकुने बाट B.Ed., सानोठिमी क्याम्पस, भक्तपुर बाट M.Ed., त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस बाट राजनीति शास्त्रमा स्नातकोत्तर (M.A.) र नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग बाट LL.B. समेत सम्पन्न गर्नुभएको छ। उहाँको शैक्षिक यात्रा मात्र होइन, सामाजिक चेतना, नेतृत्व क्षमता र बौद्धिक योगदान पनि उल्लेखनीय छन्।
प्रस्तुत छ नेत्रवाण अनलाइन खबरका लागि सञ्चारकर्मी सन्तोष बजगाईंले बेथानचोक गाउँपालिकामा अवस्थित एकमात्र विश्वविद्यालय तहको शैक्षिक संस्था पार्वती बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख राजेशतिमल्सिना संग गर्नुभएको विशेष कुराकानी प्रस्तुत छ…
• तपाईंको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिबारे संक्षेपमा बताउनुहोस्?
म M.Ed (शिक्षा शास्त्र संकाय), MA (राजनीति शास्त्र) तथा LLB (कानुन) मा स्नातकोत्तर अध्ययन सम्पन्न गरेको व्यक्ति हुँ।
• क्याम्पस प्रमुखको रूपमा तपाईंको प्रमुख जिम्मेवारीहरू के–के हुन्?
क्याम्पसको दैनिक प्रशासन संचालन लगायत क्याम्पसको बृहतर हितलाई हृदयङम गर्दै क्याम्पसको दिगो बिकासका लागि शैक्षिक,भौतिक,आर्थिक रुपमा र क्याम्पस लाई काभ्रे जिल्लाको दक्षिण भेग अन्तर्गत बेथानचोक गाउँपालिकामा रहेको एउटा् मात्र सामुदायिक क्याम्पस पार्वती बहुमुखी क्याम्पस लाई गुणस्तर अभिवृद्धि गर्दै शिक्षाको यो पबित्र मन्दिर लाई फलाउने,फुलाउने समृद्धि बनाउने जिम्मेवारीहरु मेरो हो जस्तो लाग्छ।
• तपाईं यो क्याम्पससँग कसरी आबद्ध हुनुभयो?
हेर्नुस, म २०७५ सालदेखी नै यस क्याम्पसमा अध्यापन गराउदै आएको थिय।२०७६ सालमा मलाई क्याम्पस संचालक समितिले सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सुम्पियो।त्यसैगरी २०८१/१/२३ गते बसेको क्याम्पस संचालक समितिको पुर्ण बैठकको निर्यणले मलाई क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा जिम्मेवारि दिने निर्णय गरेअनुसार म यश क्याम्पस संग आबद्ध भएको छु।
• तपाईंको क्याम्पसमा हाल कति संख्यामा विद्यार्थी अध्ययनरत छन्?
क्याम्पसमा हाल छात्र र छात्रा गरि कुल १०३ जना बिद्यार्थीहरु अध्ययनरत छ्न।
• शैक्षिक गुणस्तर सुधारका लागि तपाईंले के पहल गर्नुभएको छ?
हामिले क्याम्पस मा विभिन्न समयमा आन्तरिक परिक्षाहरु,प्रयोगात्मक परिक्षा,फिल्ड भिजिट लगायत प्रबिधिको उच्चतम प्रयोग गरि बिद्यार्थीहरुको क्षमता वृद्धि एवं गुणस्तरका सुधारका लागि अनेकखाले प्रयत्नहरु निरन्तर गर्दै आईरहेका छौ।
• विद्यार्थीहरूको नियमित उपस्थिति र अनुशासन कायम राख्न के रणनीति अपनाइएको छ?
दैनिक बिद्यार्थीहरुको हाजिर विवरण रेकर्ड गर्ने लगायत दैनिक क्याम्पस आउने बिद्यार्थीहरुको उत्साह वृद्धि गर्न पुरुस्कार लगायत उतप्रेरणा बढाउन कार्यक्रमहरु संचालन गर्ने गरिएको छ।
• क्याम्पसमा कमजोर विद्यार्थीहरूको लागि अतिरिक्त कक्षा वा सहयाेग कार्यक्रमहरू छन्?
क्याम्पसमा कमजोर बिद्यार्थीहरुको अबस्थालाई मध्यनजर गर्दै समय समयमा आवास्यकताका आधारमा अतिरिक्त कक्षा संचालन हुने गरेका छ्न।आबास्यकता अनुसार कहिलेकाही अनलाइन का माध्यम बाट पनि गुणस्तर अभिबृद्दीमा हामिले निरंतरता दिईरहेका छौं।
• हाल क्याम्पसमा उपलब्ध भौतिक पूर्वाधार कत्तिको पर्याप्त छ?
अहिले दैनिक कक्षाकोठा पार्वती माध्यमिक बिधालयको भवन बाट संचालित भईरहेको छ।क्याम्पसको भवन निर्माणाधीन अबस्थामा रहेको हुँदा भौतिक पुर्वाधार क्याम्पस लाई जति मात्रामा चाहिने हो प्रयाप्त मात्रामा बिकास नभईसकेको अबस्था छ।
• पुस्तकालय, प्रयोगशाला, ICT प्रयोग, इ–लर्निङ जस्ता स्रोतहरूको प्रयोग कत्तिको प्रभावकारी छ?
म क्याम्पसको नेतृत्वमा आइसकेपछी बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत शिक्षा बिकास निर्देशनालय संग समन्वय गरि क्याम्पसमा ICT ल्याबको स्थापना गरिएको छ।क्याम्पसमा पुस्तकालयको ब्यबस्थापन पहिलेदेखिनै छ। हामिले क्याम्पसमा उपलब्ध भएका र हामिले बाहिरबाट उपयोगमा ल्याउन सक्ने सबै श्रोत हरुको भरपुर उपयोग गरिनै रहेका छौं।
• क्याम्पसमा हालै भएका कुनै सुधार वा निर्माण कार्यहरूबारे बताउनुहोस्?
क्याम्पसले प्रबिधिलाई अत्यन्तै धेरै मात्रामा प्रयोग गर्ने निर्णय लिएका छौं।क्याम्पसको आफ्नै भवन तेस्रो तलाको निर्माण कार्य चलिरहेको छ र यो निर्णय कार्यलाई पुर्णता दिन बागमती प्रदेश सरकारको आ.ब २०८२/८३ को बजेट मार्फत २०,००००० बिनियोजन भएको छ।
• तपाईंको क्याम्पसले नयाँ पाठ्यक्रम वा कार्यक्रम सुरु गर्ने योजना छ?
क्याम्पसले नयाँ पाठ्यक्रम लागू गर्न सक्दैन,हामी त्रिभुवन बिस्वबिधालय बाट सम्बन्धन प्राप्त मुनाफारहित सामुदायिक क्याम्पस हौं।हामिले त्रिभुवन बिस्वबिधालयको स्वीकृत कार्यक्रम र पाठ्यक्रम लाई अबलम्बन गर्ने हो।
क्याम्पसको शैक्षिक सुधार लगायतका आन्तरिक कार्यक्रम त हामीसंग प्रसस्तै छन।
• आगामी पाँच वर्षको लागि क्याम्पसको प्रमुख लक्ष्यहरू के–के छन्?
मेरो लामो समय क्याम्पस प्रमुखको रुपमा रहेर काम गर्ने सोच राखेको छैन।जति दिन काम गर्छु आग्रह र पुर्वाग्रह बाट माथी उठेर ईमान्दारिताको साथ निष्ठा र प्रतिस्ठालाई आत्मसात गर्दै दैनिक प्रशासन लगायत अन्य क्याम्पस प्रमुखले निर्वाह गर्नुपर्ने भुमिकामा न्यान नै गर्ने छु।
• स्थानीय सरकार तथा अभिभावकहरूसँग सहकार्य कत्तिको छ?
म क्याम्पसको नेतृत्वमा आयपछी स्थानीय सरकार संग सहकार्य भईरहेको छ।म क्याम्पस क्याम्पस प्रमुख नियुक्त भए संगै मैले स्थानीय सरकार बेथानचोक गाउँपालिका संग ग्रामीण भेगका आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरु लाई निशुल्क उच्च शिक्षा प्रदान गर्नुपर्छ भन्ने माग राखेअनुसार नै बेथानचोक गाउँपालिकाले आब २०८१/८२ को नीति कार्यक्रम एवं बजेट बकतव्य मार्फत बेथानचोक गाउँ पालिकामा रहेको एउटामात्र सामुदायिक क्याम्पस पार्वती बहुमुखी क्याम्पसमा छोरी बुहारी नि:शुल्क शिक्षा घोषणा गरेको छ। गाउँपालिकाको उक्त कार्यक्रम लाई क्याम्पस ले अबलम्बन गरेको छ।क्याम्पसमा अहिले स्थानीय सरकारको छोरी बुहारी निशुल्क कार्यक्रम लागू भएर यहाँका बिद्यार्थीहरुले भरपुर लाभ लिएका छ्न,अभिभावक हरु खुसी भएका छ्न,बिद्यार्थीहरु खुसि भएका छ्न।उनीहरुको आर्थिक भार कम भएको छ।अभिभावक हरुसंग अत्यन्तै सकारात्मक सहकार्य भईरहेको छ।
• तपाईंको क्याम्पसबाट पास भएका विद्यार्थीहरूले कुन–कुन क्षेत्रमा राम्रो प्रगति गरिरहेका छन्?
लगभग क्याम्पस बाट ५० भन्दा धेरै बिद्यार्थीहरु पासआउट भैसकेको अबस्था छ र पास आउट भएका बिद्यार्थी हरेक क्षेत्रमा अब्बल रहेका छ्न।राम्रो गरिरहेका छ्न।कहि न कहि ईनगेज छ्न।सबैखाले राम्रो प्रगती गरिरहेका छ्न
• रोजगारी, इन्टर्नशिप वा अन्य व्यावसायिक अवसरहरूका लागि क्याम्पसले के पहल गर्छ?
रोजगारीकै लागि बिद्यार्थीहरुले अध्ययन गर्ने हो,क्याम्पस ले शैक्षिक वाताबरण प्रदान गर्ने हो,प्रमाणपत्र दिने हो।अबसरको सृजना गरिदिने हो।रोजगारी त आफै विद्यार्थीले खोज्ने कुरा हो।हामिले इन्टर्नसिपको लागि सम्बन्धित बिषयका क्षेत्रमा विद्यार्थीहरुलाई सिफारिस दिने गरेका छौं ताकि उनीहरुको सिकाईस्तर वृद्धि होस।
ब्याबसायिक अबसर लागि क्याम्पसले दक्ष जनशक्ति उत्पादन गरि श्रम बजारमा योग्य जनशक्ति उत्पादन गरेर पठाउछ।
• आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि छात्रवृत्ति वा शुल्क छुट सम्बन्धी नीति के छ?
मैले अगि नै निवेदन गरे हाम्रो क्याम्पसमा छोरिबुहारिका लागि निसुल्क छात्रवृत्तिका साथसाथै अन्य कमजोर,जेहेन्दार ,मेहेनती,अनुसासित बिद्यार्थीहरुका लागि अन्य कार्यक्रम,छुट लगायत छात्रवृत्तिको मल्टिपल स्किम छ।
• क्याम्पस सुधार गर्न अभिभावक, समाज र सरकारलाई तपाईंको के सन्देश छ?
सवैको सहयोग,सकारात्मक सोच,दीर्घकालीन लक्ष्य,सहयोगी भावनाका साथ सरकार,अभिभावक र समाज लागिपर्ने हो भने असम्भव केही छैन।
• विद्यार्थीहरूलाई तपाईंले सफलताको लागि के सुझाव दिनुहुन्छ?
अहिले पठ्न सस्कृतिको अभाव छ,अनुशासन छैन,राज्यको शिक्षा नीति भद्रगोल र अपरिपक्व छ।नपढे पनि पास गर्दै लैजाने सरकारको उदारकक्षा चढाउने नीति छ।जग नै बलियो छैन।बिधालयको शिक्षा कमजोर छ।बिधालयको शिक्षा कमजोर भएपछि उच्च शिक्षा झन कमजोर हुन्छ।ब्याबहरिक ज्ञानको कमि छ। बिद्यार्थीहरुमा नैतिकताको अभाव छ।
बिद्यार्थीहरु भबिस्यको गहना भएको हुँदा अत्यन्तै अनुशासन रहि पठन संस्कृतिको बिकास गर्दै आफुलाई अत्यन्तै रचनात्मक वनाउदै,प्रबिधिको आत्मासाथ गर्दै भबिस्यमा टिक्ने र बिक्ने दक्ष जनशक्ति बन्ने बाटोमा अगाडी बढ्न निर्देसित गर्दछु।
• अन्त्यमा के भन्नुहुन्छ?
अन्त्यमा नेत्रवाण अनलाईन खबरलाई धन्यवाद । सर्व प्रथम त म तपाइको लोकप्रिय अनलाईन खबरमा मेरो अन्तर्वार्ता प्रकाशित गर्ने अवसर जुटाईदिनु भएकोमा आभार व्यक्त गर्दछु।










