“शाकाहारी जीवनशैली प्रवर्द्धन र पशुवलि प्रथा अन्त्यकाे सन्देशसहित धार्मिक र्‍याली सम्पन्न”

बर्दिया/ श्रावण १०

“दुर्व्यसन त्यागाैँ, सेवामुखी बनौं” भन्ने मूल नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा जनचेतनामूलक र्‍याली तथा कोणसभा सम्पन्न भएको छ। “पशुवलि प्रथा बन्द गरौँ” र “शाकाहारी बनौँ अभियान” अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम शनिबार बिहान गुलरिया स्थित श्री बगलामुखी मन्दिरबाट शुभारम्भ गरिएको र्‍यालीले बजार परिक्रमा गर्दै राधाकृष्ण चोकमा कोणसभाको रूप लिएको थियो।

कार्यक्रममा श्री राज शरण महाराज जी र श्री मोहन महाराज जीजस्ता धर्मप्रचारकहरूकाे आध्यात्मिक प्रेरणादायी उपस्थिति रहनुका साथै श्री कपिल फुयाल, केन्द्रीय उपमहासचिव, युवा परिषद नेपाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा ब्रह्मकुमारी गीता नेपाल, ब्रह्मकुमारी विश्व विद्यालयबाट, श्री लिला थारू, केन्द्रीय उपाध्यक्ष, बाइजुराज महिला समिति नेपाल, तथा कार्यक्रम संयोजक श्री मित्रलाल चौधरीको उल्लेखनीय भूमिका रहेको थियो।

साथै श्री बृजलाल थारू (अध्यक्ष, रामबाग नागेश्वरनाथ महादेव मन्दिर), श्री अनरूध महाराज (महन्त, श्रीकृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रम), श्री राजबहादुर थापा (निवर्तमान अध्यक्ष, सेवा समिति बर्दिया), श्री शिवराज आचार्य (अध्यक्ष, युवा परिषद नेपाल बाँके), श्री हेमन्त कुमार चौधरी, श्री सीता ढकाल, श्री रूप कुमार चौधरी लगायत विभिन्न सामाजिक, धार्मिक र युवा संगठनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

श्री बगलामुखी मन्दिरका सञ्चालक समिति, स्थानीय सञ्चारकर्मी तथा सुरक्षाकर्मीको उपस्थिति एवं सहयोग कार्यक्रम सफल बनाउन उल्लेखनीय रह्यो। कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, युवा परिषद नेपाल, बाइजुराज महिला समिति नेपाल तथा श्रीकृष्ण प्रणामी मन्दिर बैचैपुर, बगही, प्रसियालगायत विभिन्न इकाइका पदाधिकारी र भक्तजनहरूको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रमका सबै सहयोगी एवं सहभागीलार्इ आयोजकले श्रद्धासहित नमन गर्दै धन्यवाद अर्पण गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ