सन्तोष बजगाई
झापा / झापाको बिर्तामोडका युवा प्रतिभा स्मयन बजगाईं चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्। गायनमा विशेष रुचि र दक्षता भएका बजगाईंले आफ्नो सुन्दर प्रस्तुति मार्फत निर्णायक र दर्शकहरूको मन जित्दै अगाडि बढिरहेका छन्।
अब उनलाई फाइनलको यात्रा तय गराउनका लागि दर्शकहरूको साथ र सहयोग आवश्यक रहेको छ। आयोजकका अनुसार भोटिङ लाइन शनिबार राति ९ बजे सम्म खुला रहने भएकाले समयमै भोट गरेर स्मयनलाई फाइनलमा पुर्याउन सहयोग गर्न सबैमा आग्रह गरिएको छ।
सांगीतिक प्रेमीहरूले स्मयनको यो सफल यात्रामा सक्दो साथ र उत्साहजनक सहयोग गर्ने अपेक्षा राखिएको छ।












