श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कमा श्रीमद् वितक कथा आजबाट सुरु..

काभ्रेपलाञ्चोक / श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कको आयोजनामा श्रीमद् वितक कथा प्रवचन कार्यक्रम आजदेखि विधिवत् शुभारम्भ भएको छ। २०८२ साल साउन १६ गतेदेखि सुरु भएको यो धार्मिक कार्यक्रम श्रीकृष्ण जन्माष्टमीको दिन अर्थात् साउन ३१ गते सम्म निरन्तर चल्नेछ।

Exif_JPEG_420

उद्घाटन समारोहमा भजन, ध्यान, मन्त्रोच्चारण र पवित्र संकीर्तनद्वारा वातावरण आध्यात्मिकताले गुञ्जायमान भएको थियो। प्रमुख कथावाचकको रूपमा रेणुका माताजीले श्रीमद् वितकको प्रस्तुत गर्नुभएको थियो। 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुबेर ढकालज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँले आफ्नो मन्तव्यमा धार्मिक आयोजकहरूको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सत्कर्मले गाउँ समाजमा नैतिकता, एकता र आध्यात्मिक चेतना प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, विशेष अतिथिका रूपमा वडा नम्बर २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति काभ्रेका सामाजिक उपाध्यक्ष केदारनाथ तिमल्सिना, तथा भिम नेवा समाज बेथानचोकका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठज्यूहरूले आ–आफ्नो मन्तव्य राख्दै श्रीकृष्ण चेतनाको प्रकाशलाई समाजभर फैलाउन आवश्यक रहेको बताउनु भयो।

Exif_JPEG_420
Exif_JPEG_420

कार्यक्रममा ढुंखर्क आसपासका विभिन्न गाउँ–टोल, तथा नगर क्षेत्रहरूबाट भक्तजनहरूको वाक्लो उपस्थिति रहन गएको थियो। महिलाहरू, वृद्धहरू, बालक–बालिकादेखि युवासम्मको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो।

कार्यक्रममा इकाई समिती ढुंखर्कका निवर्तमान अध्यक्ष भिमसेन तिमल्सिनाले अतिथिहरू तथा भक्त समुदायलाई स्वागत मन्तव्य दिनुभएको थियो। साथै सम्पूर्ण कार्यक्रमको कुशल सञ्चालन श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला कार्यसमिति काभ्रेका सचिव सन्तोष बजगाईंले गर्नु भएको थियो।

Exif_JPEG_420

उक्त धार्मिक कार्यक्रमको सभापतित्व इकाई समिती ढुंखर्कका वर्तमान अध्यक्ष इन्द्रबहादुर तिमल्सिनाले गर्नु भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ