बनेपा / काभ्रेपलाञ्चोक
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला समितिअन्तर्गत प्रारम्भिक समिती बनेपाको ३४औं वार्षिक साधारण सभा श्रावण १७ गते शनिबार, श्रीकृष्ण प्रणामी मन्दिर बनेपा परिसरमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा परिषदका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज उद्धव प्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो। अतिथिका रूपमा महिला समितिका जिल्ला अध्यक्ष सरिता सापकोटा र कोषाध्यक्ष अम्विका ढकालको उपस्थिति रहेको थियो।
कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिती काभ्रेका अध्यक्ष प्राणनाथ सापकोटा, उपाध्यक्ष राजन आचार्य, सचिव सन्तोष बजगाईं, सह-सचिव दीपक तिमल्सिना, साथै श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल इकाई समिती बनेपाका अध्यक्ष हरिप्रसाद पराजुली लगायतका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता थियो।
साथै, विभिन्न तह र तप्काका भक्तसुन्दरसाथहरूको समेत उत्साहजनक उपस्थिति रहेको कार्यक्रमको सभापतित्व प्रारम्भिक समिती बनेपाका अध्यक्ष दिननाथ तिमल्सिनाले गर्नु भएको थियो। वार्षिक प्रतिवेदन पनि अध्यक्ष तिमल्सिनाले नै प्रस्तुत गर्नुभएको थियो।
सभामा विगत वर्षको प्रतिवेदनमाथि छलफल, भावी योजना तथा कार्यक्रमका रुपरेखा तय गर्नुका साथै संस्थागत सुदृढीकरणका विविध पक्षमा विचार–विमर्श गरिएको थियो। कार्यक्रम भक्तिभाव, समर्पण र अनुशासनसहित सफलतापूर्वक सम्पन्न भएको प्रारम्भिक समिती बनेपाले जानकारी दिएको छ।














