अमेरिका / केन्टकी — गैरआवासीय नेपाली संघ (NRNA) NCC USA को 2025–2027 कार्यकालका लागि जयराम तिमिल्सिना केन्टकी च्याप्टरको सचिव पदमा उम्मेदवार बन्नुभएको छ।
“परिपक्व नेतृत्व, युवा चेतना, जागरुक समाज, समृद्धि र भावना” भन्ने मूल नाराका साथ तिमिल्सिनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो। युवाहरुको सहभागिता, पारदर्शिता र कार्यक्षमतामा आधारित नेतृत्वद्वारा एनआरएनएलाई अझ सशक्त बनाउने उहाँको प्रतिबद्धता छ।
उहाँले विगतमा पनि विभिन्न सामाजिक तथा सांस्कृतिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै समुदायमा आफ्नो सकारात्मक पहिचान स्थापित गर्नुभएको छ। तिमिल्सिनाले आफ्नो उम्मेदवारीप्रति आशावादी हुँदै सम्पूर्ण केन्टकीवासी नेपालीहरूलाई आफ्नो विचार, दृष्टिकोण र योजनाहरूप्रति भरोसा राखी समर्थन र भोट दिन अनुरोध गर्नुभएको छ।
“सहयोग, समर्पण र सद्भावका साथ हामीले हाम्रो समुदायलाई अझ प्रगतिशील र सशक्त बनाउन सक्छौं,” तिमिल्सिनाले भन्नुभयो ।
सानै उमेर बाट सामाजिक कार्यमा सकृय उनि हाल 8 बर्ष देखि अ्मेरिका बस्दै आएका छन । बिगत मा उनि नेपाल मा दुर्व्यसनि बिरुद्द क्यापियन का एक अभियान्ता पनि थिए ।
उहाँको उम्मेदवारीले केन्टकी च्याप्टरमा युवाशक्ति, नयापन र उत्तरदायित्वपूर्ण नेतृत्वको आशा जगाएको छ।










