आधारभूत अस्पतालको व्यवस्थापन, सञ्चालन र स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन संघीय सरकारसँग छ्लफल गरेका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मा. प्रदिप पौडेल र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसँग अध्यक्ष लामाले काठमाडौंमा छुट्टाछुट्टै भेटवार्ता एवं छलफल गरेका हुन।
छलफलमा रोशी आधारभूत अस्पताललाई थप सहज, प्रभावकारी र दिगो ढंगले सञ्चालन गर्न आवश्यक सहयोग, जनशक्ति, स्रोत–साधन तथा स्वास्थ्य बीमा सेवामा देखिएका चुनौती समाधानका उपायबारे छलफल भएको बताइएको छ।
अध्यक्ष लामाले गाउँपालिका स्तरमै स्वास्थ्य सेवा गुणस्तरीय र पहुँचयोग्य बनाउन संघीय सरकार र बोर्डसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।










