काभ्रे। नेपाली कांग्रेससँग आवद्ध शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आठौँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन नजिकिँदै गर्दा बागमती प्रदेशमा नयाँ नेतृत्व चयन प्रक्रियासमेत सुरु भएको छ। यसै क्रममा काभ्रेका इन्जिनियर सुनिल श्रेष्ठले प्रदेश उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
श्रेष्ठ धनेन्द्र केसी नेतृत्वमा रहेको प्यानलबाट प्रतिस्पर्धा गर्दैछन्। सोही प्यानलबाट सभापतिमा पुरुषोत्तम शर्मा (लामिछाने), सचिवमा कुशल खड्का, उपसचिवमा प्रविन काफ्ले र कोषाध्यक्षमा खेम शाही उम्मेदवार बनेका छन्। त्यस्तै सदस्यतर्फ सुशान्त उप्रेती, दिपिका अधिकारी, समिक्षा ढकाल, रोजिना ग्यामरु, हिमाल दाहाल, टिकाराम श्रेष्ठ, पुरुषोत्तम पाण्डे, विनोद पाण्डे र समी सुवेदीले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दर्तापछि आफ्नो धारणा सार्वजनिक गर्दै उपसभापति पदका उम्मेदवार श्रेष्ठले बागमती प्रदेशमा क्रियाशील इन्जिनियर तथा आर्किटेक्टहरूको साझा हित र पेशागत अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
सिडेन बागमतीको नेतृत्व चयनले संस्थागत सुदृढीकरण र पेशागत क्षेत्रमा सक्रिय योगदान दिने अपेक्षा गरिएको छ।










