काठमाण्डौ÷धितोपत्र बोर्डका ब्रोकरले बदमासी गरे खाली चेक लिएर दुरूपयोग गरेको आरोप उजुरी परेको छ ।
काभ्रेका लक्ष्मी शर्मा र यज्ञप्रसाद शर्माले नयाँ सडकस्थित भृकुटी स्टक ब्रोकिङ कम्पनी, ब्रोकर नं ५५, का सञ्चालक विजय रानाभाटले चेक दुरूपयोग गरी ४ करोड ८६ लाख ८८ हजार ४१ रूपैयाँ खाताबाट झिकेको र पछि फिर्ता नगरेको भन्दै बोर्डमा उजुरी दिएका हुन् ।
उजुरीमा उनीहरूले विजय रानाभाटसँग सेयरको खरिदबिक्री गर्ने क्रममा चिनजान भएको, उधारोमा पनि सेयर गरिद गर्ने गरेको र त्यस क्रममा धितोवापत खाली चेक दिने गरेको उल्लेख गदै धितोवापत बुझाएका चेकहरू दुरूपयोग गरी लक्ष्मी शर्माको खाताबाट लक्ष्मी शर्माको ग्लोबल आइएमई कुलेश्वर शाखाबाट रानाभाटले सोही बैंकको कमलादी शाखामा जम्मा गरेको ४ करोड ८६ लाख ८८ हजार ४१ रुपैयाँंढ रकम झिकेर रानाभाटले आफ्नो निजी खातामा रकम जम्मा गरेको उजुरीमा लेखिएको छ ।
‘हामीले सेयर कारोबार गर्ने चिनजानको व्यक्ति नै रहेको र पछि पनि निजमार्फत सेयरको कारोबार गर्ने भनी ज्यादै विश्वासमा प¥यौँ,’ पीडितले उजुरीमा लेखेका छन्, ‘उक्त समयमा निज सेयरको कारोबार ब्रोकर नं ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी, न्युरोडका तत्कालीन सञ्चालकमध्येका व्यक्ति भएको र निजले अनेक झुटा आश्वासन दिई विश्वासमा पारी जालसाजीयुक्त कारोबार गर्ने नियत राखेर ठगी गरेको उजुरीमा उल्लेख छ ।’
रानाभाटले २०७८ साउन २८ गते उक्त रकम झिकेको र यसबीचमा विभिन्न चरणमा फिर्ता गर्न भन्दा नदिएको उजुरीकर्ताको उजुरीमा उल्लेख छ।
सेयर ब्रोकरले लगानीकर्तासँग धितोवापत खाली चेक लिएको र ती चेक दुरूपयोग गरी खाताबाट ठूलो रकम झिकेर फिर्ता नगरेको आरोप लगाउँदै नियामक निकाय धितोपत्र बोर्डमा उजुरी दिएका हुन् ।
उजुरीकर्ताले रानाभाटबाट साँवा ब्याज सहितको रकम भराई २ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुनुपर्ने माग गरेका छन्। साथै, रानाभाटलाई सेयर कारोबारमा रोक लगाउन र सम्पत्ति शुद्धिकरण ऐन अनुसार निजको सम्पत्ति समेत छानबिन गरिपाउँ भनी उजुरीमा शर्मा दम्पतीको माग छ।यसबारे प्रतिक्रिया लिन मोबाइलमा कल गर्दा रानाभाटले सम्पर्क हुन सकेन ।










