जिप दुर्घटनामा, ४ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

बिहीबार बिहान करिब ८ बजे नवदुर्गा गाउँपालिका–५ उकल्ली काणे भन्ने स्थानमा से १ ज ७३८ नम्बरको जिप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो। चामाबाट डडेल्धुरातर्फ गइरहेको उक्त जिप तीव्र उकालो चढ्ने क्रममा सडक छेउमा पल्टिँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको र गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ