काभ्रे,भोटेकोशी नदीमा एक युवक बगेका छन् । भुम्लु गाउँपालिका–८ दुलालेश्वर मन्दिर नजिकै बिहान नदीमा पौडी खेल्ने क्रममा महेश दर्जी नामक युवक बगेर बेपत्ता भएका हुन्।
बेपत्ता हुने महेश दर्जी भुम्लु गाउँपालिका–१ रिठ्ठे निवासी मनोज दर्जीका छोरा हुन् । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी दोलालघाट काभ्रेबाट प्रहरी सहायक निरीक्षक सुनकाजी तामाङको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजतलास कार्य अगाडि बढाइरहेको छ।










