शेरमान थोकरको नेतृत्वमा खानीखोला–६ सम्पर्क समन्वय समितिको सर्वसम्मत  चयन

काभ्रे । नेकपा माओवादी केन्द्र खानीखोला–६ सम्पर्क समन्वय समितिको सम्पन्न भेलाले शेरमान थोकरको नेतृत्वमा २२ जनाको नयाँ कार्यसमिति चयन गरेको छ। भेलाले पार्टी संगठनलाई अझ सशक्त बनाउन तथा स्थानीय स्तरमा जनसम्पर्कलाई व्यवस्थित गर्न ठोस योजना अघि सार्ने निर्णयसमेत गरेको छ।

भेलाको अध्यक्षता धावा तितुङले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद अकल बहादुर थिङ र विशेष अतिथि वाग्मति प्रदेश समिति सचिव तथा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ रहेका थिए।अतिथि प्रदेश कमिटी कोषाध्यक्ष सङ्गिता भट्टराई,प्रदेश समिति सदस्य होम बहादुर खुलाल,वाग्मति प्रदेश सचिवालय सदस्य दैवलाल घिसिङ,प्रदेश सचिवालय सदस्य तथा खानीखोला इन्चार्ज मिना पाख्रिन,खानीखोला गाउँपालिका पार्टी अध्यक्ष अविरल जिम्बा,गाउँपालिका पार्टी उपाध्यक्ष राजन अधिकारी,गाउँपालिका पार्टी समिति सचिव सुवर्ण थिङ,गाउँपालिका वडा नं. ४ का अध्यक्ष निशान मोक्तान,गाउँपालिका वडा नं.३ का अध्यक्ष सागर जिम्बा र केशव आचार्य (YCL अध्यक्ष) लगायतका उपस्थितिमा सम्पन भएको छ।

गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले युवाहरूलाई सम्बोधन गर्दै – “अब आफ्नो गाउँ बनाउने जिम्मा युवामै छ। खानीखोला गाउँपालिका कपि खेतीमा अनुदान दिने पहिलो पालिका भएको छ। जसले श्रम गर्छ, मेहनत गर्छ, उसले विदेश जानै नपरी पनि आर्थिक रूपमा विकास गर्न सक्छ। गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ र अझ गर्नेछ। खानीखोलाको समृद्धि यहीँका बासिन्दाबाट सम्भव रहेको बताएका छ्न।

प्रमुख अतिथि सांसद अकल बहादुर थिङले पार्टीको कार्यशैलीलाई अझ पारदर्शी बनाउन जोड दिनुपर्ने बताएका छ्न।उनले पार्टीले गरेका राम्रा कामहरू जनतासामु खुलेर राख्नुपर्छ र गल्ती भए औंल्याउन पनि हिच्किचाउनु हुँदैन आत्मालोचना र समीक्षा नै सुधारको बाटो हो,” भन्दै संगठनलाई अझ मजबुत बनाउन सुझाव दिएका छ्न।

गाउँपालिका पार्टी अध्यक्ष अविरल जिम्बाले खानीखोलामा पार्टी अझ संगठित,अनुशासित र जनमुखी ढङ्गले अघि बढ्ने साथै गाउँको विकास,जनताको अधिकार,सामाजिक न्याय सुनिश्चित गर्न पार्टी सधैं अग्रसर रहने बतायका छ्न। यसका लागि तिमीहरू सबैको साथ आवश्यक छ,” पनि बताएका छ्न

भेलामा अन्य वक्ताहरूले पनि संगठन सुदृढीकरण, युवा–महिला सहभागीता वृद्धि, स्थानीय विकासका मुद्दा र पार्टीलाई जनताको नजिक पुर्याउने कार्यक्रमबारे आफ्नो विचार व्यक्त गरेका थिए।
कार्यक्रम मा स्थानिय महिलाहरुले खानिखोला गाउपालिकालाई रास्ट्रपति महिला उत्थान कार्यक्रम मा समाबेश गरेको भन्दै सम्मान गरेका थिय।

भेलाले चयन गरेको नयाँ कार्यसमितिलाई सहभागीहरूले बधाई दिँदै आगामी कार्यकालमा खानीखोलाको समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा स्थानीय महिलाहरूले रास्ट्रपति महिला उत्थान कार्यक्रम मा खानिखोला गाउपालिका लामो समय पछि समाबेश हुन मा अध्यक्ष थिङ को निरन्तर लागि परेको र सफल भएको भन्दै गाउपालिका अध्यक्षलाई सम्मान गरेका छ्न।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ