काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार काभ्रे, धुलिखेलस्थित मालपोत कार्यालयमा छापा मारेको छ।
छापा मार्ने क्रममा आयोगको टोलीले मुद्दा फाँटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।










