काठमाडौं । टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना पुनः सञ्चालनमा ल्याएको छ।
संवेदनशील परिस्थिति कारण केही समय स्थगित गरिएको यो योजना फेरि सुरु गर्दै कम्पनीले ग्राहकलाई आकर्षक अफर र विशेष उपहार उपलब्ध गराउने जनाएको छ। योजनाअनुसार टाटा जेन्युइन पार्ट्स खरिद गर्दा ग्यारेन्टीसहित अधिकतम रु. १,००० सम्मको क्यासब्याक कुपन पाउनेछन्। साथै, लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि रहनेछ।
उच्च रकमको खरिदमा थप आकर्षक उपहार राखिएका छन्। रु. १ लाखभन्दा बढीको खरिदमा बम्पर उपहारका रूपमा १५० सिसीको बजाज पल्सर मोटरसाइकल, रु. ७५ हजारभन्दा बढीमा १२५ सिसीको टिभिएस स्कुटर, रु. २५ हजारभन्दा बढीमा स्मार्ट टिभी र रु. ५ हजारभन्दा बढीमा स्मार्टफोन जित्ने मौका ग्राहकलाई उपलब्ध हुनेछ।
कम्पनीका अनुसार सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचजस्ता महत्त्वपूर्ण अङ्गलाई दीर्घकालीन सुरक्षा प्रदान गर्नुका साथै मर्मत खर्च घटाएर गाडीको प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ।










