काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।
दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९ ओभर १ बलमै १५६ रनमा अलआउट भयो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।










